अदालतमा नेता आलमको यस्तो बयान

गौर,१९ कात्तिक ।
मंगलवार गौर अदालतमा न्यायधिस दिपक ढकालले हत्या आरोपमा पक्राउ परेका सांसद मो.अफताव आलमलाई नौ वटा प्रश्नहरु सोधेका थिए र आलमले जवाफ दिएका थिए । अदालतमा नेता आलमले दिएको बयान यस्तो रहेको छ ।
न्यायधीशः–तपाईको नाम थर वतन के हो ?
आफताव आलमः–मेरो नाम मोहम्मद आफताब आलम हो । मेरो घर राजपुर हो ।
न्यायधिसः–वारदात भएको मिति २०६४ चैत्र २७ गते तपाईंले प्रयोग गरेको मोबाइल नम्बर कति थियो ?
आफ्ताव आलमः–त्यस बेलाको मोबाइल नम्बर मलाई सम्झना छैन ।
न्यायधिसः–तपाईंको जन्म मिति कति हो ? कति वर्षको हुनुभयो ?
अफ्ताव आलम–म २०१९ सालमा जन्मेको हो । अहिले ५७ वर्षको भए ।
न्यायधिसः–तपाईको स्थायी ठेगाना के हो ?
अफताव आलमः–म राजपुर नगरपालिका ४ मा बस्छु ।
न्यायधिसः–तपाईले कुन विधालय र कलेजबाट कतिसम्म अध्ययन गर्नु भएको छ ?
आफताव आलम – मैले बिएस्सी सम्म अध्ययन गरेको छु ।
न्यायधिसः–तपाई के काम पेशा व्यवसाय गर्नु हुन्छ ?
अफ्ताव आलम – मैले २०३६ सालदेखि नै राजनिति गरेको छु । मेरो अन्य पेशा व्यवसाय छैन ।
न्यायधिसः–तपाई र तपाईको अंशबण्डा नभएका परिवारमा को को सदस्यको नाममा के कति चल अचल सम्पती छ ?
आफताव आलमः–मेरो १२ जनाको सगोलको परिवार छ । मेरो परिवारजनहरुको समेत नाममा जोडेर २२ बिघा जति जग्गा छ । चल सम्पति खासै छैन । न्यायधिसः–तपाईको स्वास्थ्य अवस्था के छ ? प्रहरी हिरासतमा कुनै किसिमको याताना दिएको छ कि छैन ?
आफ्ताव आलम – मेरो स्वास्थ्य ठीक छ । म रक्तचापको विरामी हुँ । प्रहरीले मलाइ कुनै किसिमको यातना दिएको छैन ।
न्यायधिस – तपाईले कानून व्यवसायी नियुक्त गर्नु भएको छ कि छैन ? यदि छैन भने तपाईले निःशुल्क रुपमा कानूनी सहयता पाउन सक्नु हुन्छ भन्ने जानकारी तपाईलाई छ कि छैन ?
अफ्ताव आलमः मैले आफ्नो कानून व्यवसायी नियुक्त गरेको छु । उहा“हरुले नै मेरो पक्षमा मुद्धा लड्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles