गैरसरकारी संस्था मार्फत बजेट पचाउने खेल

चन्द्रपुर,१७ मंसिर ।
रौतहटको उत्तरी भेगमा विकासका नाउमा अपारदर्शी तरिकाले ग्रेभल छर्दै नेताका स्वकीय सचिव बालकृष्ण सापकोटा कमाउ धन्दामा लागेको आरोप लागेको छ । नेकपा का नेता प्रभु साहको नाम र प्रभाव भजाउदै सापकोटा अपारदर्शी तरिकाले ग्रेभल हाल्ने बजेट तान्न र कमाउ धन्दामा लागेको आरोप लागेको हो । सापकोटाको अगुवाइमा हालै चन्द्रपुर नगरपालिकाको वडा नम्वर ९ स्थित चेतनगर र मरिनटोल सडकखण्डमा ग्रेभल हाल्ने काम भएको हो । सापकोटाले सहरी विकास तथा भवन डिभिजन कार्यालय,बीरगंजको प्राविधिकको आ“खामा धुलो छर्दै ग्रेभल समेत मापदन्ड विपरित हालेको स्थानीय नवराज देवकोटाले बताएका छन् । फिल्डमा प्राविधिक नआउने र आएपनि कसैलाई थाहा नहुने देबकोटाको भनाई छ ।
ग्रेभल छर्ने काम गर्ने भनेर पहँुचका भरमा बजेट आफुले ल्याएको भन्दै सापकोटाले नगरपालिकामा अनाबश्यक दवाव दि“दै आएका छन् । ‘सम्वृद्धिका लागि युवा’ भन्ने गैरसरकारी संस्थासंग सम्झौता गर्ने तयारी भएपनि हालसम्म सम्झौता नभएको र भविष्यमा पारदर्शी तरिकाले उपभोक्ता समिति मार्फत आउन पत्र पठाउन लागिएको शहरी विकास तथा भवन डिभिजन कार्यालय,बीरंगजका प्रमुख राजेन्द्र खतिवडाले बताए । उनले २० प्रतिशत काम भएपछि मात्र सम्झौता गरिने जानकारी दिए । कार्यालयले प्रत्यक्ष नगरपालिकासंग समन्वय गरेर काम गरिरहेको जनाउ“दै उनले कार्यालयका प्राविधिकलाई कामको गुणस्तरमा कमि हुन नदिन निर्देशन गरिएको उल्लेख गरे ।
रौतहटको चन्द्रपुर नगर क्षेत्रको सडकमा ग्रेभल हाल्ने विषयमा शहरी विकास भवन डिभिजन कार्यालय,बीरगंजलाई सम्पर्क र समन्वय गर्न खोज्दा सम्पर्क नभएपछि मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीले यस सम्वन्धमा सम्वन्धित कार्यालयमा सम्पर्क राख्न सुझाए ।
शहरी विकास र पर्यटन मन्त्रालय मातहतको कार्यालय वीरगंजमा कार्यक्रम ल्याउने ताकत आफुसंग रहेको भन्दै नेकपाका प्रभावशाली नेताका स्वकिय सचिवसमेत रहेका सापकोटाले ग्राभेल हाल्ने नाउ“मा कमाउ धन्दामा लागेको पाइएको हो ।
नेकपाका प्रदेश नम्वर दुइका अध्यक्ष साहका स्वकिय सचिव बालकृष्ण सापकोटाले जिल्लाको चन्द्रपुर नगरपालिकामा सिमसार क्षेत्र विकास गर्ने र चन्द्रपुरको विकास कार्यमा आफुले बजेट ल्याएको भन्दै यस क्षेत्रमा ब्रम्हलुट मच्चाउन अग्रसर रह“दै आएको धेरैको आरोप छ ।
हालै चेतनगर क्षेत्रमा गरिएको ग्रेभल कार्यमा शहरी विकास कार्यालयको ५० लाख र २० प्रतिशत थप जनश्रमदान रहेको साईट ईन्जिनियर धिरेन्द्र यादवले जानकारी दिए । सापकोटाले गतवर्ष पनि सहरी विकासबाट ५० लाखको बजेट मर्धर सिमसार क्षेत्रमा ग्रेभल हालेका थिए । सापकोटाले आफु निकट र आफ्नै परिवारका सदस्यलाई अघि सार्दै बजेट हात लगाउ“दै आएका हुन । उनी पुर्व माओवादी शहिद परिवारको भएको र हाल नेकपा प्रदेश अध्यक्ष समेत रहेका प्रभु साहको पिए भएको भन्दै जिल्लाका नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिलाई रवाफ दिँदै आउने गरेको बताइएको छ । केन्द्रका पर्यटन मन्त्रालय,शहरी विकास र स्थानीय तहलाई थर्काएर कोठे कागज खडा गर्दै बजेट हात लगाउने प्रबृती सापकोटामा रहेको जनाइएको छ । सापकोटाले सहरी विकास र पर्यटनको चिठी आफैले ल्याएर कोठे र झोले काम गर्दै आएको पाइएको हो । सरकारी कार्यालयको चिठी ब्यक्तिले बुझ्नै प्रावधान छैन्,तरपनि सापकोटाले सरकारी चिठी ल्याउने गरेका हुन । सम्वन्धित कार्यालयमा जानुपर्ने चिठी सम्वन्धित जिल्ला हेर्ने प्राविधिकसंग प्रभावमा पारि बुझ्दै आएका छन् ।
नियमानुसार,पर्साको शहरी विकास र पर्यटन कार्यालयले रौतहट,बारा,पर्सा जिल्लाका सहरी र पर्यटकिय पुर्वाधार विकासको काम हेर्ने गर्छ । रौतहटमा विनियोजित बजेट र कार्यक्रमको जानकारी पत्र सम्वन्धित जिल्ला र क्षेत्र हेर्ने प्राविधिक संग हुनुपर्छ । बजेट र कार्यक्रम आएको थाहा पाउने निकाय सहरी विकास र सिफारिस गर्ने निकाय स्थानीय तहलाई अधिनमा राखी सापकोटाले चरम हर्कत देखाएको जनगुनासो छ ।
सापकोटाको फुर्ति यस क्षेत्रमा बढेको भन्दै नेकपा प्रदेश अध्यक्ष साह पनि आलोचित हुन थालेका छन् । सापकोटाले यसअघि चन्द्रपुर नगरपालिकाका लेखापाल कर्मचारीलाई अभद्र ब्यवहार समेत गरेका थिए ।
उनलाई नियम भन्दा बाहिर कामै नसकी कसरी भुक्तानी दिने भन्दा चन्द्रपुरका तत्कालिन लेखापाल रुपेश विश्वकर्मालाई तैंले मलाई चिनेको छैनस,अव चिनाउछु भन्दै थर्काएका थिए । सापकोटाले पुर्वमन्त्रि साहको नाउ“मा पार्टी र नेता दुवैको दुरुपयोग गर्दै आएको बताइन्छ । आफ्नो काम कसैले विगार्न नसक्ने र विगारेमा ठिक नहुने सापकोटाले भन्ने गरेको बताइएको छ । चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले विकासका काममा सिफारिस माग गर्न आउने जो कोहीलाई सिफारिस दिने गरिएको बताए । चन्द्रपुर नगरपालिकाले समेत नेताका पिएको दवाव भन्दै हालै ग्राभेल कार्यका लागि चेतनगर क्षेत्रमा काम गर्ने गरि एकै कामका लागि दुईवटा समितिलाई दुईवटा सिफारिस गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles