रोकिएन नदिजन्य पदार्थको अबैध उत्खनन्

चन्द्रपुर,२२ पुस ।
रौतहटका पछिल्लो समय नदिजन्य पदार्थ अबैध रुपमा उत्खनन् गर्ने क्रम बढ्दै गएको छ ।
जिल्लामा रहेको खोला बाट अनुमतीनै नलिईकन एक्जाभेटरको प्रयोग गरेर नदीजन्य पदार्थका् अबैध उत्खनन् जारी रहेको छ ।
सम्बन्धित निकायबाट स्विकृतीनै नलिईकन चन्द्रपुर १ स्थित बाग्मतिमा मापदण्ड बिपरीत नदिजन्य पदार्थको उत्खनन् जारी रहेको छ । बागमतीनदि वाट तस्करहरुले े मापदण्ड बिपरित नदिजन्य पदार्थ उत्खनन गर्ने कार्य जारी राखेको भएपनि सरकारी निकाय मौन बसेको स्थानीयले जानकारी गराएका छन् ।
निर्माण ब्यवसायीले मापदण्ड बिपरित जथाभावी नदिजन्य पदार्थ उत्खनन् गरी भण्डारण तथा क्रसर उधोगमा विक्रि गरिरहेको अवस्थामा चन्द्रपुर नगरपालिकाले चासो नदेखाएपछि स्थानिय आक्रोशित बनेका छन् । नदिबाट गिट्टि, बालुवा, ग्रेभल तथा ढुंगा उत्खनन् हुंदा बर्षायाममा बाढि गा“उबस्तिमा पस्ने त्रास भएको स्थानीयले बताएका छन् ।
बाग्मति नदिको प्रारम्भीक बातावरणीय परीक्षण प्रतिवेदनमा तोकिएको भन्दा फरक स्थानबाट नदिजन्य पदार्थ उत्खनन् भएको स्थानीयको भनाई छ । दैनिक नदिजन्य पदार्थ उत्खनन् गरी १०० वटा भन्दा बढि टिफरले ओसार्ने गरेको स्थानीयले बताएका छन । बढिजसो टिफर चल्न थालेपछि दुर्घटनाको खतरा समेत बढेको र सडक बिगारेको भन्दै बस्ति बाट आवातजावत हुने सडक बाट टिफर चल्नमा स्थानीयको रोक लगाएको देब भण्डारीले बताए ।
यस बिषयमा पटक पटक ठेकेदारलाई बारम्बार जानकारी गराउ“दा समेत बेवास्ता गरेको भण्डारीले बताए । विभिन्न निकायसंगको मिलोमतोमा ठेकेदार कम्पनीले नदी दोहन गरी रहेको छ । हरेक बर्ष झै यस पटक फेरी नदिजन्य पदार्थको उत्खनन हु“दा सरोकारवाला निकायले भने ध्यान नदिएको स्थानीयको आरोप छ । नदिजन्य पदार्थ तोकिएको परिणाम भन्दा बढि उत्खनन् गर्दा राजश्वमा कमि हुनुका साथै जोखिमपनि उत्तिकै रहेको स्थानीय बता“उछन् ।
चन्द्रपुर १ का ४० प्रतिशत स्थानीय नदिमानै निर्भर रहेका छन् । नदिका किनारमा ढुंगा उत्खनन गर्नेहरुलाई समेत यसले असर पुगेको छ । ढुंगा कुटदै जिबिका चलाउ“दै आएका गरिब परिवारलाई पनि दैनिक जिविकोपार्जन गर्न समेत कठिनाई भएको उनीहरु बताउ“छन । सडकमा ग्राभेल हाल्नका लागी नहुने तर नदिबाट भने उत्खनन गर्न पाउने भन्दै स्थानिय महिला समेत आक्रोशित छन् ।
ढुंगा, गिटी र बालुवा पर्याप्त नभएको अवस्थामा ३ देखि ४ मिटरसम्म गहिरो खाल्टो खनेर अवैधरुपमा उत्खनन गर्दा नदी किनारका दर्जनौ गाउू बाढीको उच्च जोखिममा परेको स्थानीयबासीको आरोप छ । वातावरणीय मूल्यांकन समेत नगरी जथाभावी नदिजन्य बस्तु निकालिदा भविष्यमा यसले तराईका बस्ती र उर्व जमिन मरुभुमीमा परिणत गराउने भन्दै स्थानीय चिन्तित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles