सिन्धुरेघारी बहुमुखी क्याम्पसको तेस्रो साधारण सभा सम्पन्नः अध्यक्षमा पौडेल

चन्द्रपुर,२६ पुस ।
सिन्धुरेघारी बहुमुखी क्याम्पसको तेस्रो साधारण सभाले गणेश पौडेलको अध्यक्षतामा निर्बिरोध संचालक समितिको चयन गरेको छ ।
समितिको उपाध्यक्षमा भक्त प्रसाद तिमल्सिना, सदस्यहरु सरस्वती गिरी, साबित्री मैनाली, दुर्गा गौतम, देबनारायण हुमागाई, बिक्रम चौलागाई, सुमन गौतम, कृष्ण देबकोटा, कृष्ण कमल तिमल्सिना, प्रकाश चौलागाई चयन भएका छन । सोही सभाले लेखा समितिको संयोजकमा नमराज न्यौपाने, बिनोद घिमिरे र कृष्ण दुलाल रहेका छन ।
संचालक समितिको अध्यक्षमा चयन भएपछि गणेश पौडेलले क्याम्पसको बिकासमा बृहतर ध्यान दिने अनि सबैको साथ र सहयोगले अघि बढने बताए । सो सभाको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले शैक्षिक क्षेत्रको सुधार भएमात्र अध्यन गर्ने बिद्यार्थीको भबिष्य उज्वल हुने बताए ।
उहाले हाम्रा बालबालिका उच्च शिक्षा हासिल गर्न बर्षेनी बिदेश जाने गरेका छन तर ग्रामिण भेगमा खुलेका कलेजहरुले शुक्षामा सुधार गर्दै अब बाहिर बाट पनि बिद्यार्थी भित्रयाउन सक्नु पर्दछ । यस्को लागि आफु यस क्षेत्रको प्रतिनिधित्व गर्ने भएकाले यस क्याम्पसको बिकासको लागि सदैब आफनो साथ र सहयोग रहने बताए । क्याम्पसको संचालक समिति चलायमान हुनु पर्ने भन्दै उहाले केबल पदको भोको हुनु भन्दा पनि पदिय दायित्व निर्बाह गर्दा त्यसप्रति लक्षितहरुको चाहना र उदेश्य पुरा हुने बताए ।
यहा बिकासको आश्वासन बढि दिईने गरिएकोछ काम कमग र्ने प्रबृति बढदै गएको छ यसलाई शिक्षाको माध्यम बाट परास्त गर्दै हरेक नागरिक लाई चेतनशिल बनाउदै खबरदारी गराउन जरुरी भैसेकेको बताए । सो क्याम्पसको अध्यक्षमा पौडेल यसपटक तेस्रो कार्यकालको नेतृत्वको लागि चयन भएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles