नक्कली कागजकै आधारमा भित्रिन्छ कोईला

गौर,०१ माघ ।
छिमेकी मुलुक भारतले पत्थर कोईला निर्यातमा प्रतिबन्ध लगाएको भएपनि कोइला धमाधम नेपाल भित्रिने गरेको छ । भारत सरकारले कोइला निर्यातमा प्रतिबन्ध लगाईरहेको अवस्थामा पनि दैनिक हजारौं टन कोइला त्यहाँबाटै नेपाल भित्रिने गरेको पाइएको छ ।
नेपालसँग सिमा जोडिएको बिहारको बैरगनिया नाका भएर रौतहटको गौरतर्फ दैनिक १० देखी १२ टूकसम्म कोईला भित्रिने गरेको हो ।
समाचार स्रोतका अनुसार नक्कली कागजातको आधारमा भारतीय कस्टम (भन्सार) र एसएसबीको सहयोगमा गौर भन्सार कार्यालयमा सम्म ल्याईने कोईला बिहारको वैरगनियाको नाममा आउने कोइला हो ।
गौर भन्सार कार्यालयका प्रमुख राजनबाबु काफ्ले भारतले कोइला निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालले भने रोक नलगाएको बताए । उनले नेपाली भन्सारसम्म कोइला बोकेर आइपुगेका टूकहरूलाई नियमानुसार राजस्व लिएर पठाउने गरिएको बताए ।
भारतले निर्यातमा कडाइ गरेपछि नेपालमा कम मात्रामा कोइला आइरहेको र यसले राजस्व संकलनमा सहयोग गरिरहेको उनको तर्क छ ।
नेपाल सरकारले कोइलामा प्रतिकिलो ८ रुपैयाँ भन्सार, ५ प्रतिशत राजस्व र १३ प्रतिशत भ्याटसमेत लगाउने गरेको गौर भन्सार कार्यालयले जनाएको छ । २४–४० टनसम्म कोइला बोक्ने प्रतिट्रकको भन्सार ८० हजारदेखि लिएर एक लाखसम्म हुने गरेको गौर भन्सार कार्यालयको तथ्याङ्कले देखाउछ । भारतले गुवाहाटी, मेघालय, मिजोरमलगायतका स्थानहरूबाट कोइला निर्यात गर्न पूर्ण रूपमा रोक लगाएको छ ।
तर, सिमापारि विहारको वैरगनियामा तयार पारिने नक्कली बिल र कागजातकै आधारमा कोइला नेपाल भित्रिरहेको दाबी स्रोतको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles