चन्द्रनिगाहपुरमा शंकास्पद बस्तु फेला,डिस्पोज गर्दा थोत्रा भाडा र कपडा

चन्द्रनिगापुर,१२ माघ ।
रौतहटको चन्द्रनिगाहपुरमा फेला परेको शंकास्पद बस्तु नेपाली सेनाले बम भनेर डिस्पोज गर्दा थोत्रा कपडा र भाडाकुडा भेटिएका छन् ।
आइतबार बिहान ११ बजेदेखि चन्द्रनिगाहपुरको मुख्य चोकदेखि दक्षिण गौर सडकमा शंकास्पद झोला र बोरा बेवारिसे अवस्थामा फेला परेको थियो ।
उक्त वस्तु बम भनेर नेपाली सेना गौरको टोलीले दिउसो ३ बजे डिस्पोज गरेको थियो । ग्लोबल आइएमई बैंक अगाडि सडकमा भेटिएको एउटा कालो खैरो रंगको ब्याग र सेतो बोरामा कुनै विस्फोटक पदार्थ नभई पुराना भाडाकुडा र कपडा रहेको पाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए । उक्त झोला संकास्पद भन्दै नेपाल प्रहरीसहित नेपाल आर्मी, शसस्त्र प्रहरी तथा ट्राफिक प्रहरीले कडा सुरक्षा घेरामा राखेका थिए । स्थानीयले देखेको उक्त झोलाको बारेमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles