काठमाण्डौ–नेपाली साहित्यले समस्त नेपालीको मन र मस्तिष्क चुम्न सक्नुपर्दछ
डा. हरिकुमार श्रेष्ठ कृषि क्षेत्रका बीउबिजन विज्ञ भए तापनि विगत एकदशकदेखि नेपाली साहित्यमा कलम चलाउदै आएका छन् । डा. श्रेष्ठका एकसयभन्दा बढी साहित्यिक लेखहरु विभिन्न अनलाईन तथा मासिक पत्रिकाहरुमा प्रकाशन भएको पाइन्छ ।
यिनको वि.सं. २०६८ मा प्रकाशित पहिलो साहित्यिक कृति “फर्मोसाबाट नेपाली सुस्केरा नामक कवितासंग्रह ताईवानको नेपाली साहित्यकै पहिलो किताब हो । यिनले एक दशक अवधिमा तीनवटा कृति प्रकाशित गरिसकेका छन् । यहाँ यिनै व्यक्तिको जीवनी, व्यक्तित्व, साहित्यिक यात्रा प्रारम्भ र कृतित्वको बारेमा खोतल्ने जमर्को गरिएको छ ।
डा. श्रेष्ठको जन्म पालुङ्टार नगरपालिका वडा नं. ६ गाईखुर, गोरखामा मिति २०१८ बैशाख २० गते पुजनीय बुबा कोमलनारायण श्रेष्ठ र आमा लक्ष्मीकुमारी श्रेष्ठको कोखबाट भएको हो । यिनका ६ दिदी बहिनी र एक भाइमध्ये, एक दिदी सानैमा मृत्यु भएको पाइन्छ । डा. श्रेष्ठले सोहि गा“उकै लक्ष्मीमाया श्रेष्ठस“ग बैवाहिक लगनगाठो कसेको ४२ वर्ष लागिसक्यो । डा. श्रेष्ठका एक छोरी र तीन छोराहरु छन् । हाल छोरी तर्फ एक नाति र माहिला छोरो तर्फ एक नातिनी छन् । डा. श्रेष्ठले एस.एल.सी.सम्मको पढाई गा“उकै श्री लक्ष्मी उच्च माध्यमिक विद्यालयबाट वि.स. २०३५ मा उत्तीर्ण गरेको हुन् भने कृषि विषयमा प्रमाणपत्र र स्नातक तह त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, चितवनबाट गरेका हुन् । त्यस्तै गरेर, बीउ विज्ञान तथा प्रविधिमा स्नातकोत्तर तह भने स्कटल्याण्डको एवर्डिन विश्वविद्यालयबाट गरेका हुन् । यसको साथै, डा. श्रेष्ठले ताईवानको नेशनल ताईवान विश्वविद्यालयको बाली विज्ञान विभागबाट जिएमओ (बीउ, खाद्य तथा दाना) गुणस्तर नियन्त्रण तथा व्यवस्थापन विषयमा विद्यावारिधि गरेका हुन् । यस विषयमा विद्यावारिधि गर्ने डा. श्रेष्ठ नेपालकै पहिलो व्यक्ति पनि हुन् ।
डा. श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा यस अन्तर्गतका कार्यालयहरुमा २२ वर्षे सेवा अवधि पूरा गरी करिब १३ वर्ष अगाडि स्वेच्छिक अवकास लिई निबृत्त भएका हुन् । हालसम्म यिनले ३० वर्षभन्दा बढी अवधि बीउबिजन क्षेत्रमा बिताएका छन् भने २ दर्जनभन्दा बढी गैरसरकारी तथा सहकारी क्षेत्रको महत्वपूर्ण पदमा संलग्नता भइसकेका छन् । हालसम्म स्वेदेशमा करिब ६० जिल्लाहरु र विदेशमा १३ देशहरुको भ्रमण गरी बीउबिजन क्षेत्रमा राम्रो अनुभव संगालेका छन् ।
विदेशको जागिर तिलाञ्जली दिएर स्वदेश फर्की निरन्तर देश र माटोलाई सम्मान गर्दै सहयोग गर्ने अठोट गरे अनुरुप यिनी हाल अन्तर्रािष्ट्रय मकै तथा गहुँ बाली सुधार केन्द्रमा कार्यरत रहि सरकारी तथा निजी क्षेत्रहरुस“ग नजिक रहेर खुल्लासेचित र हाईब्रीड बीउबिजन क्षेत्रमा कार्यरत छन् । यस्तै गरेर, यिनले विगत २०७२ सालमा गएको भूकम्पबाट पीडित नेपालीहरुको पीडामा मलहमपट्टि लगाउने काममा पनि सक्रियताका साथ आफनो जन्मथलोमा पनि ठूलो सेवा र सहयोग गरेका छन् । त्यतिमात्र हैन, यिनले विगतका दिनमा जापानमा गएको सुनामी, ताईवानको काओसुङमा भएको सामुद्रिक बाढी, जाजरकोटमा भएको हैजा, कोशी क्षेत्रका बाढी पीडितलाई पनि विभिन्न संघ संस्थामार्फत सहयोग गरेका छन् । त्यस्तै गरेर, व्यक्तिगत रुपमा पनि धेरै असहायहरुको पीडामा सहयोगी बनेका छन् ।
यसको अलावा यिनी लुम्बिनी कपिलवस्तु दिवश अभियानका संस्थापक हुन्, जुन संस्थामार्फत बुद्धको जन्मस्थान लुम्बिनी नेपालको बारेमा विश्वव्यापी भएको भ्रमलाई चिर्ने अभियानमा सक्रिय रुपमा लागि हालसम्म दक्षिण कोरिया र स्वीडेनको पाठ्य पुस्तक, गुगल म्याप, ब्रिटिस म्युजियमलगायत अनगिन्ति क्षेत्रमा भएको गलत जानकारी संशोधन वा सच्याउने कार्यमा व्यक्तिगत वा संस्थागत रुपमा सरिक भएको पाइन्छ । सायद कुनै चतुर व्यक्ति भएका भए, यिनै कार्यहरुले यिनको भविष्य उज्वल हुने थियो, तर यिनी छायामा छन् ।
यसको अलावा, आफ्नै गा“उमा कृषि क्षेत्रको आमूल विकासको लागि स्थानीय युवाहरुलाई समेटि कृषि विकासको लागि प्रयास गरे तापनि यस कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन वातावरण त्यति सहज छैन । त्यसैले रहेछ धेरै प्रतिभाहरु विदेश पलायन भएका पनि । तर पनि यिनले हारेका छैनन् । यिनले, फुर्सदको समयमा उक्त समुहको लागि निरन्तर आफ्नो गा“उमा पुगी सहयोग गर्दै आएका छन् । यसै सिलसिलामा यिनले सम्बन्धित नगरपालिका र वडा कार्यालय, जिल्लाको कृषि ज्ञान केन्द्र, गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बीउ परीक्षण प्रयोगशाला, नेपाल कृषि अनुसन्धान केन्द्रको कृषि वनस्पति महाशाखा, राष्ट्रिय मकै। धान बाली अनुसन्धान कार्यक्रमहरुसँग पनि समन्वयकारी भूमिका निर्वाह गर्दै गाउँमा सहयोग गर्दै आएका छन् ।
डा. श्रेष्ठको नेपाली साहित्यप्रतिको माया र मोह स्कूले जीवनबाटै भएको रहेछ । यसको लागि उनका संस्कृत भाषाका स्वर्गीय गुरु टीकाराम पौड्याललगायत अन्य नेपाली भाषाका गुरुहरुको पनि स्मरण गर्न चाहन्छन् । स्कुल पढ्दा यिनलाई संस्कृत र नेपाली भाषा निकै नै मन पर्दथ्यो । यिनको मन पर्ने छन्द भनेको शिखरिणी र अनुष्टुप रहेछ । यिनले कलेजमा अध्ययन कार्य गर्दा २०३७ सालदेखि छिटफुट रुपमा गीत र कविता लेख्ने कार्यको थालनी गरे तापनि पछि यिनले त्यो कार्यलाई निरन्तरता भने दिन सकेनछन् । डा. श्रेष्ठ जब विद्यावारिधि अध्ययनको लागि वि.सं. २०६१ सालतिर ताईवान लागे त्यसपछि यिनको साहित्य क्षेत्र फस्टाउन थालेको पाइन्छ ।
साहित्य क्षेत्रमा धेरै विधाहरु भए तापनि यिनलाई कविता, नियात्रा र गजल मन पर्छ । साहित्यले सबै तह र तप्काका केटाकेटी, युवा तथा बृद्धालाई सजिलै आकर्षण गर्ने भएकोले यसको माध्यमबाट समाजमा भएका विकृति, कुरिति, अन्याय, अत्याचार, थिचोमिचो, भ्रष्टाचार, छुवाछुत, महिला तथा बाल हिँसा बिरुद्ध पाईला चाल्न मद्दत पुग्नुको साथै समाजको आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृति, कृषि विकासमा सहयोग पुग्ने देख्छन् यिनी । अर्को कुरा, यिनको नजरमा हालसम्म साहित्य क्षेत्रमा केही विज्ञान तथा प्रविधि क्षेत्रका वैज्ञानिकहरुको पाइला चालेकोले यस क्षेत्रका व्यक्तिहरुले पनि साहित्यको अध्ययन, अनुसन्धान, विकास तथा विस्तारमा योगदान पु¥याउन सक्छन् भन्ने कुरामा विश्वस्त छन् डा. श्रेष्ठ ।