चन्द्रपुर,१६ माघ ।
चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको बिहीबार भएको पहिलो सेमीफाईनल खेलमा चन्द्रपुर नगरपालिका बिजयी भएको छ ।
घरेलु मैदानमा भएको खेलमा चन्द्रपुरले बिराटनगर महानगरपालिकालाई २—० गोल अन्तरले पराजित गर्न सफल भयो । बिहिबारनै भएको दोस्रो सेमीफाईनल खेलमा भने वालिङ नगरपालिका बिजयी भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका र स्याङजाको वालिङ नगरपालिका जितसंगै फाईनलमा प्रबेश गरेका छन । पहिलो खेलमा शुन्यका बिरुद्ध २ गोलले बीराटनगर महानगरपालिका हराउदै चन्द्रपुर नगरपालिका बिजयी भएको हो । दर्शकको अपार माया पाएको चन्द्रपुर नगरपालिकाकी जर्सी नम्बर ९ की रजनी ठोकरले मध्यान्तर अघिको ३५ मिनेटमा १ गोल गरीन भने मध्यान्तर अघि १ गोलमा रोक्न सकेको बीराटनगर महानगरपालिकाले गोल फर्काउन सकेन ।
घरेलु मैदानमा भएको खेलको मध्यान्तर पछिको ३० औ मिनेटमा चन्द्रपुरकी जर्सीनम्बर १७ की मेनुका नगरकोटीले अर्को १ गोल गरीन । ती दुबै खेलाडीको गोल संगै चन्द्रपुर नगरपालिकाले बिजय हासिल गरेको हो ।
उक्त खेलमा चन्द्रपुर नगरपालिकाको जर्सीनम्बर १७ की मेनुका नगरकोटी वमन अफ दि म्याच बाट पुरस्कृत भईन । यस्तै दोस्रो खेलमा बालिङ नगरपालिकाकी जर्सीनम्बर ९ की अमिषा कार्कीले मध्यान्तर अघिको १५ मिनेट र मध्यान्तर पछिको ३० औ मिनेटमा २ गोल गरेसंगै उदयपुरको चौदण्डीगढी नगरपालिकाले पराजय भोग्नु प¥योे । अमिषा कार्कीले उत्कृष्ट प्रर्दशन गरेपनि ह्याट्रिक गर्ने अबसर भने गुमाईन ।
उक्त खेलमा वालिङ नगरपालिकाको जर्सीनम्बर १२ की सरिष्मा थापा वमन अफ दि म्याच बाट पुरस्कृत भईन । वमन अफ दि म्याच हुने खेलाडीलाई ५ हजार नगद र ट्रफीले पुरस्कृत गरिएको थियो । बिहीबार पराजय भोगेको बीराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिकाले भने ५०÷५० हजार नगद पुरस्कार पाउने छन । प्र्रितयोगितामा प्रथम हुने टिम लाई ३ लाख, मेडल, ट्रफि र दोस्रो हुने टिम लाई १ लाख ५० हजार, मेडल, ट्रफि र सेमीफाईनल पुग्ने दुई टिम लाई ५०÷५० हजार नगद पुरस्कार रहेको जनाइएको छ ।
यस्तै उत्कृष्ट पा“च बिधाका खेलाडीहरुलाई जनही १५ हजारका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ । बिहीबार बिजयी चन्द्रपुर नगरपालिका र वालिङ नगरपालिकाको फाईनल खेल भने माघ १८ गते सनिबार हुनेछ । सेमिफाईनलमा पुगेको चारवटै टिमले राष्ट्रिय लिग खेल्ने रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामीले जानकारी दिए ।
चन्द्रपुर नगरपालिका र बालिङ नगरपालिका फाईनलमा
https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg