उपमेयर अधिकार संरक्षण समिति गठन

गौर÷रौतहटका पालिकाहरुको उप मेयर तथा उपप्रमुखहरुको संरक्षणका लागि रौतहटमा उपमेयर अधिकार संरक्षण समितिको गठन भएको छ ।
सदरमुकाम गौरको जिल्ला समन्वय समितिको सभाहलमा आईतबार बसेको उपमेयर तथा उपप्रमुखहरुको बैठकले रौतहटका उपमेयरहरूको अधिकार सुनिश्चित गर्नको लागि समितिको गठन गरेको हो ।
गठित उपमेयर अधिकार संरक्षण समिति रौतहटको अध्यक्षमा राजदेवी नगरपालिकाका उपमेयर अंशु सिंहलाई चयन गरिएको छ । जिल्ला समन्वय समिति रौतहटको उपाध्यक्ष रामअषिश राय यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गौर नगरपालिकाका उपमेयर किरण कुमारी, गरुडा नगरपालिकाका उपमेयर रंगिला देवी जयसवाल, फतुवा विजयपुर नपाका उपमेयर कान्ति देवी, माधव नारायण नपाका उपमयेर सिमल कुमारी साह, यमुनामाई गाउपालिकाका उप प्रमुख गिता देवी साह लगायतका उपमेयरहरुको सहभागिता रहेको थियो ।
नगरपालिकाका मेयरहरुले आफुहरुलाई कामगर्न नदिएको, पाएको अधिकार प्रयोग गर्न नपाएको, महिला भनेर हेप्ने गरेको, बहुमतको आधारमा भन्दै उपमेयरलाई बाइपास गर्ने गरेको, उपमेयरहरुलाई मेयरहरुले कर्मचारीहरु जस्तो व्यवहार गर्दै आएको उपमेयर तथा उपाध्यक्षहरुको अधिकार सुनिस्चित गर्न समिति गठन गरिएको समितिका अध्यक्ष सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles