चन्द्रोदय साकोसको सहकारी व्यावसायीकरण तालिम पोखरामा आजबाट सुरु

फगुन ८ / पोखरा
चन्द्रोदय बचत तथा ऋण सहकारी सस्था लि.को सहकारी व्यावसायिकरण तालिमको आजबाट सुरु छ । पोखरा स्थित टिका रिसोर्टको सभा हलमा चन्द्रोदय बचत तथा ऋण सहकारी सस्था लि. को अध्यक्ष प्रकाश गहतराजको सभापतित्वमा सहकारी व्यावसायिकरण तालिम आजबाट सुरु भएको हो । कार्यत्रममा प्रमुख अतिथी राष्ट्रिय सहकारी महासंघ का संचालक हुमा कुमारी जि.सि, विशिष्ट अतिथी राष्ट्रिय सहकारी संघका संचालक तथा कास्की जिल्ला संयोजक राम बहादुर जि.सि रहनु भएको थियो ।

कार्यत्रममा बोल्दै प्रमुख अतिथी जि.सिले उत्त कार्यत्रमले सहकारीलाई थप व्यावसायिक बनाउन मदत पुर्याउने बताउनु भयो । सहकारी लाइ दिगो बनाएर लैजान सहकारी सम्बन्धि तालिम को आयोजना अहिले को आवस्यक्ता रहेको बताउनु भयो।साथै सहकारी सस्थाले सामाजिक कार्य गर्दै आएकोमा खुसी ब्यक्त्त गर्दै उहाले चन्द्रोदय साकोसले समाजमा पुर्याएको यागदानको खुलेर प्रशंसा गर्नु भयो ।


यस्तै सहकारी व्यावसायिकरण तालिमको सहजिकरण सुर्यप्रसाद रिमालले गर्नु भएको थियो । कार्यत्रममा चन्द्रोदय साकोसका सल्लाहकार समिति संयोजक कालिन्दी घिमिरे, साकोसका कोषाध्यक्ष, सचिव, लेखा समिती संयोजक लगायत साकोस परिवार बाट बिस जनाले सहकारी व्यवसायीकरण तालिम मा सहभागी जनाएको चन्द्रोदय साकोसका प्रवत्ता दिवाकर सापकोटाले जानकारी दिनु भयो ।

चन्द्रोदय बचत तथा ऋण सहकारी सस्था लि.को सहकारी व्यावसायिकरण तालिम आजबाट सुरु भई तिन दिन सम्म चल्ने छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg