बढ्दो चेक अनादार र आत्महत्या !

रौतहटमा आर्थिक लेनदेनका लागि हुने बैंकको चेक अनदार(चेक बाउन्स)को उजुरी धेरै परेको प्रहरीले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

चेक अनादारमा बैसाख महिनामा मात्रै आर्थिक अपराध तर्फ १९ मुद्दा दर्ता भएको जनाएको छ । उसो त दोश्रो नम्बरमा आत्महत्या पनि छ । ज्यान, चोरीदेखि बैंकिङ कसुरसम्मका मुद्दा दर्ता अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ वैशाख महिनामा ज्यान सम्बन्धी ५, आत्महत्या ६, चोरी ७, संगठित तथा आर्थिक अपराध १९, सामाजिक अपराध ४१ तथा महिला तथा बालबालिकासम्बन्धी ४ वटा मुद्दा दर्ता भएका छन् ।

त्यस्तै जघन्य प्रकृतिका अपराधअन्तर्गत कर्तव्य ज्यान १, हातहतियार १, मानव बेचबिखन १, बैंकिङ कसुर ९ तथा ठगीका ९ वटा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सार्वजनिक चासोका पेन्डिङ दुईवटा मुद्दासमेत फर्छ्यौट गरेको प्रवक्ता बस्यालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles