गुजरा,८ भदौ । रौतहटको गुजरा नगरपालिकाको कोठियार र चन्द्रपुर नगरपालिकाको चेतनगरमा सनिबार बृक्षारोपण गरीएको छ । प्रदेश हरित अभियान अन्र्तगत शनिवार बृक्षारोपण गरीएको हो । कोठीयारमा रंगपुर साझेदारी बन समितीको खाली बन क्षेर र चेतनगरको नदी उकास स्थानमा बृक्षारोपण गरीएको डिभिजन बन कार्यालय रौतहटका प्रमुख बिनोद सिंहले बताउनु भयो ।
उधोग पर्यटन बन वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन बन कार्यालय रौतहटको संयोजनमा मा रौतहटमा एकै दिन २० हेक्टर जमिनमा बृक्षारोपण गरीएको हो । कार्यक्रममा प्रदेश २ का कृषि , भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बृक्षारोपण गरेर अभियानको शुभारम्भ गर्नु भएको हो ।
बृक्षारोपणको उद्घाटन पछि राज्यमन्त्री यादवले मानव जिवनमा बन जंगलको ठुलो महत्व रहेको भन्दै बन सरक्षणमा सवैक्षेत्र लाग्न आग्रह गर्दै बृक्षारोपणलाइ व्यापक बनाउन र रोपिएका बिरुवा संरक्षणमा ध्यान दिन आग्रह गर्नु भएको छ ।
बृक्षारोपण कार्यक्रममा उधोग पर्यटन बन वातावरण मन्त्रालयका कर्मचारी , समदायिक बनका अगुवा, साभेदारी बनका पदाधिकारीहरु , स्थानियबासीको सहभागीता रहेको थियो ।
कोठीयारमा १० हेक्टरमा १६ हजार र चेतनगरमा १० हेक्टरमा १६ हजार गरी शनिवार ३२ हजार बिरुवा रोपिएको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ ।