गौर,१ असार । रौतहटको बौधीमाइ नगरपालिका–६ स्थित बलबान इटा उद्योगमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
सोमवार दिउसो खाल्डोमा डुबेर स्थानीय पिपरिया गाउँका दिपेन्द्र यादवका १० बर्षीय छोरा सुप्रित यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको तथा उक्त घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


