सेनाको सकृयताले जोगियो सयौको ज्यान

रौतहट ४ साउन । नेपाली सेनाले रौतहटमा सयौ बाढी तथा डुवान पिडितलाइ उद्धार गरेको छ । डुवान क्षेत्रमा पुगेर रौतहटमा रहेको इन्द्र बक्स गणले बाढी पिडितहरुको जीवन रक्षा गरेको छ ।

रौतहटको अति बाढी प्रभावित क्षेत्र वडहर्वा, इशनाथको बिभिन्न गाउहरु, गौर,टिकुलिया लगाएतका अति बाढी पिडित क्षेत्रमा नेपाली सेनाले बाढीको समयमा मानिसको उद्धार गरेको हो ।

गौर स्थित गौरीशकर क्याम्पस पछाडीबाट मात्रै ११ जना बालबालिका सहित दर्जनौ मानिसलाइ उद्धार गरेको छ ।
यस्तै गौरको टिकुलिया, लगाएतका डुवान क्षेत्रमा रवरबोट बाट नेपाली सेनाले मानिसलाइ उद्धार गरेको थियो ।

ज्यान जोखिममा रहेका सयौ मानिसहरुलाइ उद्धार गरीएको नेपाली सेनाको इन्द्र बक्स गण गौरका प्रमुख कर्णेल सुजन शाक्यले जानकारी दिनुभएको छ ।

लालबकैयाको बाढी ले जान नसक्ने इसनाथ नगरपालिकाको औरया, बन्जाहरा टोलमा पनि सशस्त्र , नेपाल प्रहरी सहित सयुक्त रुपमा  नेपाली सेनाले खाध्यान्न, लगाएतका राहातका सामाग्रीहरु डुगामा राखेर पुर्याएको छ /

नेपाली सेनाले बागमती नदीले कटान गरेको बांधको समेत मर्मत गरेको छ । सेनाको पुरनेवा स्थित आफ्नै कार्यालय डुवानमा परेको थियो । तर पनि बिपतको बेला नागरीकको जिउधनको रक्षा गर्न नेपाली सेना सकृय रहेको बाढी प्रभावित क्षेत्रका स्थानियले बताएका छन ।

बिपतको बेलामा नेपाली सेनाले देखाएको कामको रौतहटमा प्रशसा हुदै आएको छ । बालबालिका , बृद्धबृद्धा तथा आपतमा परेकाहरु लाइ तत्काल उद्धारमा नेपाली सेना खटिएको छ ।
उद्धार पछि बिभिन्न बाढी पिडित क्षेत्रमा पनि नेपाली सेनाले राहात बितरण व्यवस्थित गर्नका लागी समेत सहयोग गर्दै आएको छ ।

बांंधको अवस्था बुझ्न र सम्भावित खतरा देखिएको स्थानहरु मा अस्थायीरुपमा बांध बांध्ने कार्यमा पनि नेपाली सेना खटीएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles