गोल्डेन गेटका विद्यार्थीहरुद्धारा बाढीपीडितलाई सहयोग

गौर,१३ साउन । अबिरल वर्षाका कारण डुवान र बाढीको चपेटामा परेको रौतहबासीलाई विद्यार्थीहरुले सहयोग गरेका छन् । बागमति नदिको बा“धमा बस्दै आएका जिल्लाको राजदेवि नगरपालिका वडा न ९ का बासिन्दालाई काठमाण्डौको गोल्डेन गेट इन्टरनेशनल कलेजका विद्यार्थीहरुले राहात वितरण गरेका हुन । गोल्डेन गेट इन्टरनेशनल कलेजका विद्यार्थीहरुले १ हप्ता सम्म पुग्ने राहात सामाग्री बाढीपीडितलाई सहयोग गरेका हुन ।


कपडा,बाल्टिन,मग, छाता र दैनिक उपभोग्य बस्तु तथा औषधिहरु बितरण गरिएको विद्यार्थीहरुले बताएका छन् । स्थानिय सरकार हुदापनि स्थानिय सरकारले केहि सहयोग नगरेको र बाहिरबाट साना विद्यार्थीहरुले बाढि प्रभावित क्षेत्रमा आएर राहत बितरण गरेकोमा बाढीपीडितले खुसी व्यक्त गरेका छन् । विद्यार्थीहरुले आफ्नो खाजा खर्च जुटाएर राहत बितरण गरेको विद्यार्थीका संयोजक प्रबिन कुमार बोगटिले बताए ।

राहत बितरण गर्न आएका बिध्यार्थीहरुले बाढि पिडितहरुलाइ कपडा बाल्टिन मग टर्च,छाता,ब्रर्स,महिलाहरुलाई सेनिटरी प्याड, बालबालिकाहरुको लागी कापिकलम,चाउचउ,बिस्कुट हरु बितरण गरेका हुन ।

उनिहरुले करिव १०० घरधुरीलाइ राहात बितरण गरेका हुन । गोल्डेन गेट इन्टरनेशनल कलेजमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा नवजिवन सृजना क्ल्ब र गोल्डेन गेट मिउजिकि क्लबको संयोजकत्वमा उक्त राहात बितरण विद्यार्थीहरुले १ लाख पचत्तर हजार बराबरको राहत सामाग्री बितरण गरेका थिए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg