करेन्ट लागेर एक महिलाको मृत्यु

पर्सा १४ भदौ । पर्सामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।

वीरगंज महानगरपालिकाको रानीघाटमा डेरा गरी बस्दै आएका सखुवाप्रसौनी गाउँपालिका–२ प्रसौनी का लालबहादुर दासको श्रीमती ३६ बर्षिया रोमा देवी दासको करेन्ट लागेर मृत्यु भएको हो ।

घरमै रहेको कलधारामा जडान गरिएको मोटरबाट करेन्ट सर्ट भई उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएकी रोमा देवीको नारायणी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg