१२ बर्षपछि न्याय पाउने आशामा पीडित परिवार

गौर,२९ असोज । २०६४ चैत्र २७ गते पहिलो संविधान सभाको निर्वाचनको एक रात अगाडि रौतहटको राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले आइतवार नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री मो. आाफताव पक्राउ ग¥यो । आईतबार पक्राउ परेका नेता आलमलाई मंगलबार अदालतमा म्याद थपका लागी हाजिर गराईयो र अदालतले असोज २६ देखी लागु हुने गरी ७ दिनका लागी अनसन्धान गर्न म्याद थप गरेको छ । उनको पक्राउ र म्याद थप भएपछि घट्नाका पीडित परिवार सार्वजनिक हुन थालेका छन् । उनीहरु ढिलै भएपनि न्याय पाउने आशाका साथ सार्वजनिक भएका हुन ।

बमकाण्डको १२ वर्ष पछि रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सासंद तथा पूर्व मन्त्री मोह्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरे पछि पीडित परिवारलाई न्याय पाउने आशा पलाएको छ । न्यायको आशामा बसेका परिवारमध्य एक हुन श्री नारायण सिंह । सरुअठाको घरमै बसी रहेका आफ्ना छोरा त्रिलोक प्रताप सिंहलाई चुनाव प्रचार प्रसारका लागी जा“उ भन्दै चैत्र १८ मा सेख भदई बोलाउन आएको सिंहले बताए ।
एक साता अगाडि चुनावी प्रचारमा हिडेका सिंह र अख्तर बम बनाइरहेको स्थानमा घाइते भएको र उनीहरुलाई घाइते अवश्थामै उपचारका लागी लाने भन्दै नजिकैको इटा बनाउने चिमनी भट्टामा लगेर जलाइएको आरोपसहित सिंहले आलमबिरुद्ध जाहेरी दिएका थिए । जाहेरीकर्ता तथा मृतक त्रिलोक प्रताप सिंहका पिता ७९ वर्षिय श्रीनारायण सिंहले घटनाको १२ वर्ष पछि न्याय पाउने आश पलाएको बताएका छन् ।

“घटना लगतै उनले किटानी जाहेरी दिन खोज्दा तत्कालिन एसपी लक्ष्मण न्यौपानेले मुद्दा दर्ताको निवेदननै लिन मानेनन ।” १२ वर्ष अघिको दिन सम्झीदै श्रीनारायण सिंह भन्छन “बम विस्फोटमा ठूलो पद र शक्तिमा भएको मान्छे संलग्न भएकाले त्यती बेलाको प्रहरी नै बिक्यो ।” जिल्ला प्रहरी कार्यालयमा सिंह संगै ओशी अख्तरकी आमा रोक्साना खातुनले पनि जाहेरी दिन खोजेकी थिइन । तर शक्तिको आडमा दुवै पीडितको पहुंच नै पुगेन । “प्रहरीले चाहेको भएको सोही समयमा हामीलाई न्याय दिन सक्थ्यो ।” मृतक त्रिलोकका पिता सिंह भन्छन “हामी सामान्य मान्छे पीडित हुदा तत्कालीन प्रहरीले न्याय दिलाउन कुनै चासो नै देखाएन ।” जिल्लामा कुनै उपायले पनि मुद्दा दर्ता हुन नसके पछि आफूहरु सर्वोच्च अदालतको शरणमा गएको उनले बताए ।


आफताल आलमको घर नजिकैको सो स्थानमा विष्फोट हुदा केही व्यक्तिहरु घाइते भएका थिए । विष्फोटमा परि कति जनाको मृत्यु भएको वा कति व्यक्ति घाइते भएको यकिन भएको थिएन । तर सरुअठाका २४ वर्षिय त्रिलोक प्रताप सिंह र २२ वर्षिय ओसी अख्तरको मृत्यु भएको भन्दै दुवै जनाको परिवारका सदस्य श्री नारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोज विरुद्ध किटानी जाहेरी दिएका थिए । आइतवार आफताब आलम पक्राउ परेको खबर सुने पछि श्रीनारायण सिंहलाई शुरुमा विश्वास नै लागेन ।

तर बाह्र वर्ष पछि खोलो पनि फर्किन्छ भने झै उनलाई अब आफूले न्याय पाउने आश जागेको बताए । “मलाई न्याय पाउन र प्रहरीलाई अभियुक्त समात्न १२ वर्षको समय लाग्यो । १२ वर्षको अवधिमा थुप्रै प्रहरीका अधिकृत र कर्मचारी फेरिए तर मैले कसैबाट पनि सहयोग पाएको थिइन ।” वृद्ध अनुहारको आँखा भरी आशु पार्दै सिंहले भने “घटनाको १२ वर्ष पछि मात्रै मैले हिम्मतवाला एसपी र डिएपी देखे ।” एसपी भुपेन्द्र खत्रि र डिएसपी नविन कार्की अहिले श्रीनारायण सिंहका लागी न्याय दिने दूत बनेका छन ।छोरा गुमाएको पीडा अझै भुल्न नसकेका वृद्ध सिंह कानूनी प्रक्रियाका क्रममा अदालतले दिने फैसला प्रति गम्भीर छन । ठूलो मान्छेले अपराधले गर्दा सजाय हुन्छ की हुदैन भन्ने कुरा अब अदालतको निर्णय पछि थाहा हुने उनले बताए । भोलिका दिनमा कसैले यस्तो जघन्य अपराध नगरुन भन्नका लागी पनि न्यालयले दोषि रहेकाहरुलाई कडा कारवाही गर्नु पर्ने उनी बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles