कुन्दन काफ्लेको विश्लेषण, अजयबाबु जित नजिक

दोलखा । बागमती प्रदेशका पूर्व अर्थमन्त्री कुन्दनराज काफ्लेले दोलखामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटी जितको निकै नजिक पुगेको दाबी गरेका छन्। शैलुङ गाउँपालिकामा आयोजित चुनावी अभियानका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता काफ्लेले यस्तो विश्लेषण सुनाएका हुन्।

देशभर कांग्रेसको पक्षमा राम्रो माहोल बनेको उल्लेख गर्दै काफ्लेले विशेष गरी दोलखामा युवा पुस्ता (जेन-जी) को आकर्षण कांग्रेसप्रति बढेको जिकिर गरे । “सुशासन, भ्रष्टाचार नियन्त्रण, विकास र उत्पादनको मुद्दालाई कांग्रेसले मात्र सही गति दिन सक्छ भन्नेमा जनता विश्वस्त छन्,” उनले भने।

अजयबाबु शिवाकोटीको उम्मेदवारीले दोलखाली जनतामा नयाँ आशा जगाएको भन्दै उनले थपे, “हामी अहिले दोलखाका सम्पूर्ण क्षेत्रमा एजेन्डासहित चुनावी अभियानमा छौँ। जनताले अबको नेतृत्व कांग्रेसले नै गर्नुपर्छ भन्ने बुझिसकेका छन्, त्यसैले अजयबाबु शिवाकोटी जितको नजिक पुगिसक्नुभएको छ।”

शिवाकोटीलाई जिताउन आफूहरू निरन्तर जनताको घरदैलोमा पुगिरहेको र मतदाताको उत्साहजनक समर्थनले कांग्रेसको विजय सुनिश्चित भएको काफ्लेको जिकिर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles