हार स्वीकार नगर्ने,पत्रकारलाई आरोप लगाउदै कति दिन नेता बन्ने ?

गौर ।  निर्वाचनमा हार बेहोर्नुपरेपछी आम जनता पार्टीका अध्यक्षले पत्रकारलाई गाली बेइज्जत गर्न आफ्ना सेना परिचालन गरेका छन । 

प्रभु साह नेतृत्वको आम जनता पार्टीले हार स्वीकार नगरेर रौतहटमा आफ्ना हजारे रुपैयाँका कार्यकर्तालाई सामाजीक संजालमा जथाभावी लेख्न लगाउने देखि धम्कि दिन लगाउने नयाँ राजनीतिक कोर्षको सुरुवात गरे सङै नयाँ विवादमा तानिएका छ्न । 

हारपछीको हतास मानसिकताले राजनीतिक मुद्दाभन्दा यतिखेर सामाजिक सञ्जालमा पत्रकारमाथि गरिएको अभद्र व्यवहारका कारण अध्यक्ष साह आलोचनाको केन्द्रमा परेका हुन् । रौतहटका पत्रकारहरूमाथि उनले गरेको गालीगलौज बाहिरिएको घटनाले थप तरंग पैदा गरेको छ ।

घटनाको प्रारम्भ पत्रकार संजय मिश्रले लेखेको एक समाचारबाट भएको बताइन्छ । उनले आम जनता पार्टीका वैकल्पिक केन्द्रीय सदस्य राजनकुमार साहले पार्टी परित्याग गरेको विषय सार्वजनिक गरेका थिए। सोही समाचारपछि सामाजिक सञ्जालमा मिश्रको चर्को आलोचना भएको हो । 

अध्यक्ष साह स्वयम् र कतिपय निकटस्थहरुले सञ्चालन गर्दै आएको भनिएका विभिन्न फेक आइडीमार्फत पत्रकारलाई विभिन्न विशेषण भिराउँदै अपमानजनक शब्द प्रयोग गर्दै साइबर आक्रमण गरिएको देखिन्छ । यो प्रवृत्ति साहविरुद्ध समाचार लेख्ने अन्य पत्रकारहरूमाथि पनि लक्षित रहेको बताइएको छ। 

स्थानीय पत्रकारहरूले यसलाई योजनाबद्ध रूपमा गरिएको चरित्रहत्या प्रयासको रूपमा व्याख्या गरेका छन्। सामाजिक सञ्जालमा संगठित रूपमा गालीगलौज हुनु सामान्य प्रतिक्रिया नभई सुनियोजित गतिविधि भएको उनीहरूको भनाइ छ।

उक्त घटनाप्रति नेपाल पत्रकार महासङ रौतहट शाखा र प्रेस चौतारी नेपाल रौतहटले गम्भीर आपत्ति जनाएको छ। समाचारमा चित्त नबुझे अदालत तथा प्रेस काउन्सिलको ढोका खुला हुँदाहुँदै सामाजिक सञ्जालमार्फत पत्रकारमाथि चरित्रहत्या गर्ने प्रयास हुनु प्रेस स्वतन्त्रतामाथिको सीधा हस्तक्षेप भएको विश्लेषण हुन थालेको छ। विशेषगरी मधेसमा सक्रिय पत्रकारहरूले यसलाई डर देखाएर आवाज दबाउने प्रवृत्तिको रूपमा लिएका छन्। राजनीतिक नेतृत्वबाटै यस्तो गतिविधि हुनु लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाउने विषय बनेको उनीहरुको बुझाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles