दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको यान्त्रिक उपकरण चेकजाँच गर्दै जिल्ला ट्राफिक कार्यालय

रौतहट ।  जिल्ला ट्राफिक कार्यालय र यातायात ब्यवस्थापन कार्यालय गौरको टोलिले सवारी साधनको यान्त्रिक चेकजाच सुरु गरेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चन्द्रनिगाहपुर रौतहट र यातायात व्यवस्था कार्यालय गौर, रौतहटको संयुक्त आयोजनामा ट्राफिक कार्यालयका प्रमुख,प्रहरी निरीक्षक राजेन्द्र थापा मगरको कमाण्डमा ७ जना र यातायात व्यवास्था कार्यालय, गौर रौतहटका मेकानिकल सुपरभाईजर अनिष साह लगायतको प्राविधिक टोलीले सनिबार पुर्व-पश्चिम महेन्द्र राजमार्गमा चेकजाँच सुरु गरेको छ । 

चन्द्रपुर ४ स्थित पुर्ब पश्चिम राजमार्गमा चल्ने ३५ वटा सार्वजनिक सवारी साधन (बस, ट्रक, टाटा सुमो, ईभी) हरुको यान्त्रिक परिक्षण गरी समस्या रहेको सवारी साधनहरुलाई आवश्यक मर्मत तथा सर्भिसिङ्ग गर्न सुझाव दिदै समयमानै सवारी साधानहरुको यान्त्रिक परिक्षण गर्न सुझाव सहित सवारी दुर्घटना हुनबाट बच्ने उपायका बारेमा सचेत गराईएको ट्राफिक प्रहरी प्रमुख राजेन्द्र थापाले जानकारी दिए । 

पुर्व-पश्चिम जोड्ने राजमार्ग मुख्य राजमार्ग रहेकाले गुड्ने सवारी साधनको अवस्था बुझ्न यो अभियान सुरु गरिएको निरीक्षक थापाले अन्नपूर्णलाई बताए । 

दुर्घटना न्यूनीकरणनै ट्राफिकको मुख्य उद्देश्य भएकाले सवारी चलाउनु अघि सवरीको अवस्था बुझेर,चेकजाँच गरेर सवारि चलाएमा सम्भावित दुर्घटना टर्ने भएकाले सबैले सवारी चलाउदा  सचेतना अपाउनु पर्ने निरीक्षक थापाले बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles