विपन्न परिवारकी रिताको उपचारमा आर्थिक अभाव,सहयोग गर्न युवाहरुको आग्रह

रौतहट । गौर नगरपालिका- ५ बस्ने बिपन्न परिवारकी रिता देवीलाई उपचारका लागि आर्थिक अभाव भएको छ । गरीवीका कारण लामो समयदेखि उनको उपचार हुन सकेको छैन । उनी लामो समयदेखि पित्तथैलीको पत्थरीबाट पिडित छिन । स्थानीय युवाहरूले उनको उपचारमा सहयोग गर्न अपिल गरेका छन । 

गरिब, दुखी र असहाय व्यक्तिहरूलाई समय-समयमा सहयोग गर्दै समाजमा सकारात्मक सन्देश दिन युवा सञ्चारकर्मी पौडेलले आग्रह गर्दै नगद सहयोग गरेका छ्न ।

उनले २० हजार रुपैयाँ सहयोग गरेका छन । उनले  मानवीय कार्यले समाजका अन्य व्यक्तिहरूलाई पनि सहयोगका लागि प्रेरित गर्ने बताउँदै एक आपसमा सहयोगी भाव राखेर रिता देवीको उपचारमा सहयोग गर्न आग्रह गरेका छ्न ।  कठिन परिस्थितिमा उपचारका लागि संघर्ष गरिरहेकी रिता देवीका लागि यो सहयोग ठूलो राहत बनेको छ।

गरिब, दुखी र असहाय व्यक्तिहरूलाई समस्या पर्दा स-सानो सहयोगले पनि  जीवन रक्षा हुने भएकाले समाजका अन्य व्यक्तिहरूलाई पनि सहयोगका लागि प्रेरित गर्ने विश्वास अर्का युवा अभिमन्यु पटेलले व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles