रौतहटको सिमाबाट निरन्तर तस्करी

रौतहट /सिमावर्ती  विभिन्न  चोर नाकाहरूबाट ठूलो परिमाणमा कृषिजन्य र खाधान्नका  सामग्री तथा अन्य सामान भारत र नेपालमा तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ ।

स्थानीय स्रोतका अनुसार भारतीय बजार बाट काजु ,मिठा,मटर,चिनी, केरा, हार्ड्वेयर, चिया सिडको बीउ,गुणस्तरहिन रासायनिक मल खाद्य ,  ब्याट्री लगायतका सामाग्री नेपाल भित्रायाउने गरेको छ भन्ने  नेपाल बाट अबैध रूपमा भारतीय बजारमा  काक्रोको बीउ ,स्याउ,लहसुन,ओखर ,किसमिस ,चाईनिज लाइटर ,इलाईची, चाइनिज चुरोट ,पपक्न मकै  लगाएतका सामग्री नियमित तस्करी कार्य भईरहेको पाइएको तथ्य सर्वजनिक भएको हो ।

उक्त तस्करीको कारोबारमा राजपुर फरहदवा आलम ईटाका संचालक खुरसिद आलम , मनसरिका रैइस मिया, सागिर मिया ,महुलियाका मिस्री लाल साह र भारत बिहार कुडवा चैनपुर पारसा टोलका ध्रर्म जित , संजय सानो , गुडु  लगायतका व्यक्तिहरू सक्रिय रहेको बताइन्छ । उनीहरूले रौतहटको राजपुर नगरपालिका र ईसनाथ नगरपालिका क्षेत्र अन्तर्गत रहेकोे महुलिया सिमानाका हुदै भारतको बिहार मोतिहारी जिल्ला नजिकको कुडवा चैनपुर कालिमन्दिरको छेउको  चोर नाकाहरू प्रयोग गरी नेपाल र भारततर्फ सामान निर्वाध रुपमा तस्करी गर्दै आएका छन् ।

यसका साथै अबैध रूपमा तस्करीका सामाग्रीहरु राजपुर नगरपालिकाको कुडिया पेट्रोल पम्पको पश्चिम मदरसा छेउमा बासको झाङ्मा रहेको शेख मजरुलहकको भुजा मिलामा भणडारण गर्ने कार्य गरि सो ठाउँ बाट ट्रक र टेक्टर बाट  सीमावर्ती नाकाबाट पनि अवैध रुपमा राजस्व छलीका सामानहरु तिव्र गतिमा ओसारपसार भइरहेको श्रोतले जनाएको छ।

श्रोतका अनुसार ति कारोबारीहरूले नेपालबाट अखरोट, स्याउ र फर्सीको बीउ भारततर्फ पठाउने तथा भारतबाट कपडा, दैनिक उपभोग्य खाद्यान्न र सवारी साधनका स्पेयर पाट्र्स नेपाल भित्राउनने गरेका छ्न । 

स्थानीयले यस गतिविधिमा सुरक्षाकर्मीको मिलेमतो रहेको आरोप समेत लगाएका छ्न । उनीहरूका अनुसार स्थानीय  प्रहरी चौकी तथा सीमा क्षेत्रमा तैनाथ रहेको बिओपी प्रमुखको संरक्षणमा तस्करीको कारोबार हुँदै आएको दाबी गरिएको छ ।

सुरक्षा निकायका प्रमुखहरु मासिक रकम लिएर तस्करीलाई सहज बनाइदिएको आरोप छ ।

यद्यपि यस विषयमा आधिकारिक रूपमा सम्बन्धित सुरक्षा निकायबाट स्पष्ट प्रतिक्रिया आउन सकेको छैन । स्थानीय श्रोतहरूले सीमावर्ती क्षेत्रमा बढ्दै गएको तस्करी नियन्त्रण गरी कडा निगरानी बढाउन संगठन प्रति पूर्ण इमान्दार नभए सम्म यस्ता अबैध कारोबार नियन्त्रण गर्न निकै चुनौतीपूर्ण बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles