सिमामा निरन्तर निगरानी,निस्पक्ष निर्वाचन हुन्छ:गृहमन्त्री अर्याल

गौर । प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै रौतहटको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाईएको छ । 

जिल्ला सुरक्षा समन्वयको बैठकको निर्णय बमोजिम फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी जिल्लाका विभिन्न नाकाहरूमा विशेष निगरानी बढाइएको हो ।

विशेषगरी गौर भन्सार, ईशनाथ नगरपालिकाअन्तर्गत पर्ने लतमरी सीमावर्ती नाका र बौधीमाईको बन्कुल नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कडा चेकजाँच शुरू गरेको छ ।

सीमा क्षेत्रमा आवतजावत गर्ने मोटरसाइकल र अन्य सवारी चालकहरूको अनुमतिपत्र तथा आवश्यक कागजातहरूको परीक्षण भइरहेको छ भने अरु तीनै सुरक्षा निकाय  नेपाली सेना,नेपाल प्रहरी र अनुसन्धान बिभागले समेत गस्ती देखि सुस्म निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए । उनले होली पर्व मर्यादित भएर मनाउन आग्रह गर्दै एक आपसको धर्म संस्कृतिको सम्मान गरेर शान्ती कायम राख्नु सबै जिल्लाबासीको कर्तब्य भएको बताए । 

निर्वाचनको समयमा सीमापारिबाट हातहतियार, विष्फोटक पदार्थ, मदिरा र लागूऔषध जस्ता अवैध वस्तुहरू भित्रिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी र नेपाल प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी प्रमुख,प्रहरी उपरीक्षक सिताराम रिजालले बताए । 

 उच्च स्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अगाडि (फागुन १८ गतेदेखि) सीमा नाका पूर्ण रूपमा बन्द गरिने छ,मदिरा बिक्री बितरण बन्द गरिने र अबान्छित क्रियाकलाप गर्ने,आपराधिक पृष्ठभुमि भएकामाथी विशेष निगरानी बढाईएको उपरीक्षक रिजालले बताए ।

मतदाताहरूले भयरहित वातावरणमा मतदान गर्न सकून् भन्ने उद्देश्यले जिल्लाभर नेपाल प्रहरीको मोबाईल स्ट्राइकिङको रुपमा २४ सै घण्टा परिचालन हुने उपरीक्षक रिजालले बताए । ५ सय ४१ वटा मतदान केन्द्र रहेको रौतहटमा अति संबेदनसिल र संबेदनसिल जिल्लाभरिको २ सय ७७ वडाका स्थायी मतदान केन्द्र र ३ वटा अस्थायी मतदान केन्द्रमा सुरक्षा ब्यवस्था कडा पारेर निर्वाचन सम्पन्न गराउन रौतहट प्रहरी लागेको उपरीक्षक रिजालले बताए ।  सुरक्षा निकायले कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन र निर्वाचन आचारसंहिताको पालना गराउन चौबीसै घण्टा गस्ती र निगरानी गरिरहेको छ ।

रौतहटमा गृहमन्त्री अर्याल,निष्पक्ष, पारदर्शी र भयरहित निर्वाचन गराउन सरकार केन्द्रित 

नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित बनाउन प्रशासनले कसैलाई पनि काखापाखा नगर्ने बताएका छ्न । आसन्न फागुन २१ गते शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको बताउदै गृहमन्त्री अर्यालले  वर्तमान अवस्थामा देशको विभिन्न जिल्लाको शान्ति सुरक्षाको अवस्था वारे जानकारी लिने क्रममा शुक्रवार रौतहट सदरमुकाम गौर आउनु भएका गृहमन्त्री अर्यालयले राजनीतिक अधिकार प्रयोग गर्न सहज वातावरण निर्माण गरिने तर कानुनविपरीत काम गर्नेलाई कुनै छुट नदिइने स्पष्ट पारे । 

रौतहटका सुरक्षा अधिकारीलाई निर्देशन पश्चात संचारकर्मीहरु संग संक्षिप्त कुरा गर्दै गृहमन्त्री अर्यालले राम्रो नियत र सभ्य व्यवहार गर्ने उम्मेदवार तथा दललाई सहजीकरण गरिनेछ ।  सहजकर्ताको भूमिकामा सरकार भएको बताउँदै  गृहमन्त्री अर्यालले गलत गर्ने, कानुन मिच्ने जो–कोहीलाई कानुनी दायरामा ल्याएर कार्वाही गरिने बाचा गरे ।

निर्वाचन आयोगको आचारसंहिता अनुसार निर्वाचन सम्बन्धी कसूर गरेमा कारबाही हुने स्पष्ट व्यवस्था रहेको छ । दण्डहीनताको संस्कृतिलाई अन्त्य गर्ने उद्देश्यले कुनै पनि प्रकारको इन्डेम्निटी (उन्मुक्ति) नदिइने गृहमन्त्री अर्यालले बताए ।

केही समूहले अनावश्यक आशंका र अफवाह फैलाउने प्रयास गरे पनि गृहमन्त्रीले त्यस्ता हल्लामा विश्वास नगर्न स्पष्ट पारे  । 

“सरकार र आयोगको तयारी स्पष्ट छ, निर्वाचन निर्धारित मितिमै शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ,” उनले भने ।

संचारकर्मीको प्रश्नको जवाफमा गृहमन्त्री अर्यालले फागुन २१ गतेका निर्वाचनमा  देश गईसकेकाले सरकार निर्वाचन  केन्द्रित भइसकेको जनाए । 

रौतहटमा सीमा क्षेत्र देखि लिएर अतिसंबेदनशिल, सम्बेदनशिल मतदात केन्द्रहरुमा सुरक्षाको उच्च प्रबन्ध मिलाएको र सम्पूर्ण तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले वृफिङ गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles