रौतहट ४:नेपाली काङ्ग्रेसका उमेदवार देव प्रसाद तिमिल्सिना फेरि किन ??

सुबास कोईराला ।

नेपाली काङ्ग्रेसका उम्मेदवार देव प्रसाद तिमल्सिनाको पक्षमा जनलहर बढ्दै गएको छ । २ कार्यकाल सोही क्षेत्रबाट निर्वाचीत उनलाई पुन:जनताले मत किन दिने भन्ने प्रश्न एकाधले गाईगुइ गर्दै गरेको सुनिन्छ । यही बिषयबस्तुमा केही आधार सुवाश कोइरालाले प्रस्तुत गर्नु भएको छ ।

१: दुई पटक जितिसकेकाले संसदीय प्रक्रिया, बजेट, मन्त्रालयहरु सँग समन्वय गर्न जान्ने भएकोले ।
२.निरन्तरता: सांसद को रुपमा देब प्रसाद तिमिल्सिना को कार्यकाल मा कति पय योजना हरु सम्पन्न भै सकेको ,  कुनै ठाउमा  सुरु गरेको र कुनै गाउँ/ ठाउँ मा  गर्न बाकी रहेकोले यस्ता कार्य र योजना हरु  को निरन्तरता को लागि ।जस्तै: (कति पय कार्य सम्पन्न भै सकेको , कति पए अन्तिम चरण मा रहेको र कतै निर्माण गर्न बाकी काम हरु को सम्क्षिप्त विवरण )
आबस्यक ठाउँ मा नाला सहित सन्तपुर- सिन्धुरेघारी -बिश्रामपुर -सनपुर -गरुडा- भुसाह -बौहरी  सडक निर्माण र कालोपत्र।
जुडिबेला सडक नाला सहित कालोपत्र
नाला सहित टेकान सडक कालोपत्रे
टेकान बस पार्क
चन्द्रपुर १० बडेरवा र समनपुरमा कृषि भन्डार केन्द्र निर्माण
सन्तपुर बेतौना खानेपानी आयोजना
सिन्धुरेघारी,चन्द्रपुर गैडटार जुडिबेला खानेपानी लाइन बिस्तार
गैडाटार र चादी खोला लगायत का स्थान मा तटबन्धन
डुमरिया मा बर्थिङ सेन्टर स्थापना
गरुढा मा अनाथ आस्रम निर्माण
पर्यटन प्रबर्द्धन का लागि चन्द्रनिगाहपुर स्थित डाबरी मा जिपि कोइराला पार्क निर्माण
रौतहट क्षेत्र न.-४ का प्रत्येक वडा मा सहरी स्वास्थ्य केन्द्र स्थापाना
क्षेत्र का सबै वडा मा स्थानीय निकाय , प्रदेश र आबस्यक सरकारी निकायहरु सङ को प्रभाबकारी समन्वय र आफ्नै पहल मा अधिकास स्थान का कालो पत्र सडक निर्माण ।
एक पालीका एक नमुना बिद्यालय अवधारणा
सिचाइको लागि क्षेत्र का विभिन्न ठाउँमा पक्की नाला निर्माण र डिप बोरिङ
गैयाटार पुल निर्माण अन्तिम चरण मा रहेकोले यस्ता काम हरु लाई  पूरा गराउन र अन्य स्थान हरु मा पनि बिकास निर्माण का कार्य हरु गर्न/ गराउन फेरि अवसर दिऔ।
३.पहिचान र पहुँच: केन्द्रमा चिनजान र पहुँच भएकाले क्षेत्रका मुद्दा उठाउन सक्ने। जस्तै आर्सनिक युक्त पानी , साक्षरता मा सबै जिल्ला भन्दा पछि, किसान को सिचाई र मल खाद को समस्या पटक पटक सदन मा उठाएको र अब त्यस को कार्यन्वयन को लागि।
४.स्थानीय कामहरु: रौतहट क्षेत्र न. ४ का प्रत्येक पालिका र वडा हरु मा बिकाश निर्माण ,जन सेवा र  सुरक्षा को काम गर्न /गराउन सबै जनप्रतिनिधि हरु सग प्रभाबकारी रुपमा  निर्देशन , सहयोग र सहजीकरण गरेको भुमिका लाई निरन्तरता दिन ।
५.प्रशासन सङ को सहजता –   आफ्नो क्षेत्रका स्थानीय बासिन्दा हरुको एक अर्को बिच आईपर्ने झै झगडा , बादबिबाद को निराकरण को लाई स्वयम् आफ्नै उपस्तिथिमा समाधान गर्ने  त्यहा त्यो भन्दा अघि बढ्नु पर्ने प्रकृतिको बिबाद  भएमा प्रशासनिक ( इलाका , जिल्ला कार्यलय  तथा अन्य सम्बन्धित कार्यलयहरु मा पुगेर  सहजता गर्ने ।( जहाँ भए पनि भन्नू पर्ने लाई भनिदिने र आफै जानुपर्ने भए आफै पुगेर समस्या समाधान मा सहजीकरण गर्ने) भएकोले।
६. जन सेवा का काम हरु – स्थानीय स्तर मा नै जनताको सरकारी सेवा सहज पहुच मा हुनु  पर्छ भनेर स्थानीय स्थान मा  मालपोत , इलाका प्रशासन , नापी , कर कार्यलय स्थापना मा प्रभाबकारि भुमिका खेलेकोले।
७. सहज पहुच र स्थानीय भाषा को जानकार —  सधै आफ्नो क्षेत्र को जनता को सुख र दु:ख मा सहज पहुचमा  रहने , हरेक जनताले बिना कसैको माध्यम स्वयम् भेट्न र आफ्नो काम र गुनासा आ आफ्नो भाषा मा राख्न सक्ने र हाम्रो क्षेत्र मा बोलिने सबै भाषा   सहज बुज्न र बोल्न सक्ने भएको ले  ।
८. पार्टी मा नयाँ नीति र नयाँ नेतृत्व परिवर्तन गर्दै बदलिएको काङ्ग्रेसको प्रतिनिधित्व गर्दै आम जनता को भावना लाई समेटेर  देश बिकाश लागि आबस्यक निति , नियम ,कानुन, विधि, बिधान …बनाउदै समग्र  देश को लागि प्रण सहित अघि बढेकोले ।
९.जनता को यथोचित  आबस्यकता हरु प्रती सदा चिन्तित रहनु का साथ  पार्टिका अन्य साथिहरु( कार्यकर्ता)लाई पनि हौसला र उत्प्रेरणा जगाउदै समयानुकूल स्थान र अबसर दिनु पर्छ भन्ने कुरा मा सचेत रहेकोले।
१०. शिक्षा, स्वास्थ्य , खानेपानी, सिचाई, मलखाद लगायत कृषक को उत्पादन को लागि बजारीकरण को लागि पहलकदमी लिने भएको ले।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles