ट्र्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

रौतहट, ४ असार । गढीमाई नगरपालिका–२ समनपुर बजारमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक वृद्धको मृत्यु भएको छ।

बिहीबार दिउँसो गरुडा–समनपुर सडकखण्डमा समनपुरबाट हजरियातर्फ जाँदै गरेको ना ३ त २३३७ नम्बरको ट्र्याक्टरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०३–००२ प ९८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गढीमाई नगरपालिका–४ सुन्दरपुर निवासी ६० वर्षीय रामानन्द महरा गम्भीर घाइते भएका थिए। उनको ढाड तथा अण्डकोषमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पतालमा पुर्‍याई प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको थियो।

तर,वीरगञ्ज लैजाने क्रममा दिउँसो करिब १ः४५ बजे बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्वल क्षेत्रीको नेतृत्वमा १५ सदस्यीय टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले ट्र्याक्टर चालक गरुडा नगरपालिका–५ निवासी ३९ वर्षीय रामकिशुन यादवलाई नियन्त्रणमा लिएर कानुनी कार्वाही अघी बढाएको प्रहरीले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles