पर्यटकीय क्षेत्र विकाशमा संघीय सरकार मौनःमुख्यमन्त्री राउत

जनकपुरधाम,२५ असार ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरका पर्यटकीय क्षेत्रको विकास र प्रचार प्रसारमा संघीय सरकारले बेवास्ता गर्दै आएको आरोप लगाएका छन् । वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले बुधबार जनकपुरमा आयोजना गरेको रामायण सर्किटको पूर्वाधार विकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले करोडौं हिन्दुको आस्थाको केन्द्र जनकपुर भए पनि संघीय सरकारले हेर्ने दृष्टि फरक भएका कारण जनकपुर पर्यटकीय नगरी बन्न नसकेको गुनासो गरेका छन् । मुख्यमन्त्री राउतले रामायण सर्किटको पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले भने, ‘यस क्षेत्रको पर्यटकीय विकासमा कोसेढुंगा सावित हुने सम्भावना बोकेको रामायण सर्किटको पूर्वाधार विकासमा प्रदेश सरकार तत्पर छ ।’ रामायण सर्किट धार्मिक पर्यकीय क्षेत्र मात्र नभई नेपाल–भारत बीचको सम्बन्धसमेत कायम राख्ने उनको भनाई छ ।
‘रामायण सर्किट निर्माण भएपछि करोडौं बाह्य पर्यटक नेपाल र भारत सम्भावना रहेकाले भौतिक पूर्वाधार निर्माणमा अग्रसर हुन दुवै देशका शासकसंग आग्रह गर्दछु’, मुख्यमन्त्री राउतल भने, ‘रामायण सर्किटले त्रेता युगीन सभ्यताको झ—झल्को समेत दिन्छ ।’ जानकी मन्दिरको प्रचारप्रसार गर्न नपाउ“दा बाह्य पर्यटक अपेक्षाअनुसार आउन नसकेको उनको भनाई थियो । कार्यक्रममा भारत सरकारको पूर्वमन्त्री डा. संजय पासवानले मिथिला क्षेत्रको विकासमा रामायण सर्किटको भूमिका महत्वपूर्ण रहेको चर्चा गरेका थिए । उनले रामायण सर्किटको निर्माण भएपछि नेपाल र भारत दुबै देशको आर्थिक विकासमा सघाउ पुग्ने र सम्बन्ध पनि स्थापित रहने विश्वास व्यक्त गरे । ्कार्यक्रममा रामायण सर्किटका अध्यक्ष डा. रामवतार शर्माले जनकपुरमा पर्यटकलाई आकर्षित गर्ने खालको होटल, सडक र सुरक्षा लगायतका अभाव देखिएको बताए । जनकपुरको सर्र्वािङन विकास गर्न सके बर्षेनी करोडौं पर्यटक आउने र प्रदेश नै समृद्ध हुने उनको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles