एजेन्सी–भर्खरै सार्वजनिक एक अध्ययनले विश्वको सबैभन्दा बढी खुसी देश फिनल्याण्डलाई ठह¥यायो । फिनल्याण्ड विश्वकै खुसी देश हो तर धनी होइन । विश्वकै धनी त अमेरिका हो तर त्यहा“ मान्छे किन खुसी छैनन् ? किन अमेरिका खुसी देश भएन ? यसको अर्थ हो खुसीको स्रोत धन मात्रै होइन रहेछ ।
हामी भित्र सकरात्मक र नकारात्मक गरी दुई प्रकारका भावनाहरु छन् । सकारात्मक भावनामा भावनामा प्रेम, आदर, अनुग्रह, आनन्द पर्छन् । नकरात्मकमा घृणा, रिस, इर्शया, इख, गुनासो आदि पर्छन्। सकरात्मक भावनले हामीमा ऊर्जा बढाउ“छ । खुसीको सञ्चार गराउ“छ भने नकरात्मकले दुःखी बनाउ“छ । त्यसैले हामी अभावका कारण दुःखी होइन, हामीमा रहेका नकरात्मक भावनालाई बढवा दिएर दुःखी भइरहेका छौं ।
शाररिक रुपमा रोग लाग्यो वा समस्या आयो भने हामी आफैं थाहा पाउ“छौं तर मनमा समस्या आयो भने थाहा हु“दैन । विस्तारै गा“ज्दै लगेर डिप्रेशनतिर धकेल्छ । मान्छेमा नकरात्मक भावना बढी आउन थाल्यो भने मन समस्यामा छ भन्ने बुझ्नुपर्छ । समस्या आउन नदिन तिनलाइ नियन्त्रणमा राख्नुपर्छ । हाम्रा धर्म संस्कृतिमा मनलाई स्वस्थ राख्नकै लागि केही अभ्यास गर्ने गरिएका छन् । तर, हामीले तिनलाई पनि छाडेपछि मन अस्वस्थ हुंदै गयो । मन बिगारेर डिप्रेशनसम्म धकेल्ने केही तत्व यसप्रकार छन ः
अहम्ःअहम् खुसी रोक्ने सबभन्दा ठूलो शत्रु हो । अहमका कारण मान्छे फस्दै जान्छ र डिप्रेशनमा पुग्छ । अहम् म मात्रै यस्तो, म मात्रै उस्तो भन्ने एउटा प्रकारको भयो ।
अर्को मैले यसो गर्न सकिन“, त्यसो गर्न सकिन“ भन्ने हुन्छ । यसले आत्मग्लानी महशुस गराउ“छ । त्यसपछि ऊ विस्तारै अरु र आफैंसंग झि“झि“न थाल्छ । मनमा अनेक कुरा खेल्न थाल्छन् । त्यसपछि आफूलाई दोषी ठह¥याउ“छ । यसरी डिप्रेशनको शिकार भइन्छ । गुनासोःजब मान्छेमा गुनासो गर्ने बानी बढ्दै जान्छ । यसले पनि मनलाई अस्वस्थ बनाउ“छ । उसमा फलानो यसो गरिदिएन वा यसो भएन भन्ने खालका भावना आउ“छन् । यसले मन दुखाउ“छ । आत्मबल कमजोर बनाउ“छ । फलानाले यसो गरेन किन त्योसंग बोल्ने भन्ने खालका भावना आउ“छन् । यसले उसलाई एक्लोपनतिर धकेल्छ । विस्तारै मनमा कुरा खेलिरहने, टाउका दुख्ने, लगायत हुँदै जा“दा डिप्रेशन हुन्छ ।
इखःइखले पनि आफैंलाई समस्यामा पार्ने हो । त्यसले आफूमाथि भएका खराब व्यवहार वा आफूलाई भएको हानी सम्झाइरहन्छ । यसो हु“दा मन दुखिइरहन्छ । उसले यस्तो गरेको थियो, त्यसलाई यस्तो गर्छु खालका भावना आइरहन्छन् । यसले रिस बढाउ“छ । अन्तमा हानी मनलाई नै गर्ने हो ।
रिसःहामी धेरैपल्ट यत्तिकै रिसाइरहेका हुन्छौं, रिसाउनुपर्ने कारण हु“दैन । तुरुन्तै आवेशमा आएर बाझिहाल्छौ । किनभने हामी भित्रभित्रै तातिरहेका हुन्छौं, केही कुरामा ठोक्किनै हु“दैन रिसाइहाल्छौं । हामी कोही रिसाउ“दा मसँग रिसायो भन्ने ठान्छौं । तर, ऊ आफैंसंग रिसाएको हो । ऊ भित्र पीडा, तनाव, आवेग आदिको बोझ छ । त्यो उतारेको हो । बाटोमा गाडीमा हि“ड्दा कसैले थोरै छोयो भने ‘मार्न खोजेको ?’ भन्दै कराउ“छौं । उसले तपाईंलाई चिनेको त छैन, किन मार्न खोज्थ्यो । अन्जानमा भयो । तपाईंले पनि कहि“ ठोक्काउनु भएको थियो होला अन्जानमा । हामी मात्रै सही, हामीले गरे जे पनि ठीक भन्ने खालका भावनाले रिस पैदा गर्छै । रिसलाई दबाउनु पनि डिप्रेशनबाट जागिने सही उपाय हो ।
के गर्ने ?
सहयोगी बन्नेःसहयोग पाउनेलाई भन्दा दिनेलाई फाइदा पुग्छ । तपाईंले कसैलाई पा“च रुपैया“ दि“दा त्यो पैसाले उसले के गर्ला ? कति फाइदा होला ? तर, तपाईंलाई भने त्यति दान गर्दा पनि धेरै खुसी मिलिरहेको हुन्छ । जुन हजारौं खर्च गर्दा नमिल्न सक्छ । यसैगरी कोही अशक्त, असहायलाई बाटो कटाएपछि आफ्नो मनमा पैदा हुने सन्तोषका तरंग हेर्नुहोस् फाइदा आफैंलाई भएको हुन्छ । हाम्रो धर्म संस्कृतिमा यही कारणले सहयोगलाई जोड दिइएको हो । सहयोगमाथि अध्ययन पनि भएका छन् । त्यसले आत्मबल बढाउने र खुसी तुल्याउने निष्कर्ष निस्किएका छन् ।
माफ गर्नेःमाफी आफू र अर्काे दुबैलाई गर्नुपर्छ । कहिलेकाहि“ आफूले भुलवश वा आवेशमा आएर केही बिगार गरिएको हुन्छ । आफूले गरेको उक्त गल्तीका कारण पिरोलिरहने समस्या हुन्छ कतिमा । तर, आफूले अरु कसैको केही बिगारेको भए उससंग माफी माग्ने र आफूले आफैंलाई पनि गल्ती नदोहो¥याउने गरी माफी दिने गर्नुपर्छ । यसैगरी कसैले अन्जानमा गरेको गल्तीमा पनि माफ दिन सक्नुपर्छ । यसले मनलाई हल्का बनाउछ । त्यसो गर्न सकिएन भने मनमा बोझ बढ्छ र बोझ बोकेर हिंड्दा समस्या त आउ“छ नै ।
धन्य हुनेःमानवमा जति भए पनि नपुग्ने स्वभावको विकास हु“दै गएको छ । तर, आफूले प्राप्त गरेका कुरामा धन्य हुनु पनि मनलाई आराम दिन महत्वपूर्ण तत्व हो । जस्तोः एक गिलास पानी पिउन पाइयो भने पनि धन्य हुनुपर्छ । मैले यति त पाए“ भन्ने खालको महशुस गर्न सक्नुपर्छ । कसैले गरेको सानो सहयोगमा पनि कृतज्ञ हुनुपर्छ । केही प्राप्त गर्दा धन्यवाद भन्नुको अर्थ त्यही हो । हामी अहिले मुखले धन्यवाद त भन्छौं होला मनैदेखि धन्य हुन भने छाडेका छौं । हाम्रो संस्कृतिमा प्रकृति (जस्तै हावा, पानी, रुख, पहाड, सूर्य आदि)लाई पुज्ने चलन छ । यसको अर्थ घाम, पानी, हावा प्राप्त गरेकोमा धन्य हुने हो ।
स्वीकार्यःजे भयो भइहाल्यो भनेर स्वीकार्नुपर्छ । किनभने अस्वीकार गर्दा असन्तोष मात्रै बढ्छ फाइदा हुदैन । मान्छेहरु अचेल असन्तोषी बन्दै गएका छन् । लामो नाक हुनेलाई लामो भएको मन पर्दैन, छोटो हुनेलाई छोटो । कालो भए“, गोरो भए“, होचो भए“, अग्लो भए“ जस्ता कुरामा असन्तोष देखिन्छ । यो भनेको आफूलाई नस्वीकार्नु हो । आफूसंग भएको कुरामा चित्त नबुझाउनु हो । यसले ‘बडी डिस्मर्फिक डिसअर्डर’ भन्ने रोग पनि लाग्छ । यसैगरी आफू गरिबीमा जन्मे, पहाडमा जन्में, तराईमा जन्में लगायत खालका अस्वीकार्यरता पनि भेटिन्छन् ।
जहा“ जन्में पनि जन्में भन्ने कुरामा धन्य हुनुपर्छ । यसैगरी अर्को अस्वीकार्यरता चाहिँ त्यो मान्छेले यसो गरेन, उसो गरेन, यसो भएन, उसो भएन भन्ने खालको हो । यो पनि मानसिक समस्याको कारण हो ।
उदारताःसमान्य उदाहरण प्रस्तुत गरौं, लठी अलिकति बंग्याउने खोज्यो भने भा“चिन्छ तर रबर जति बंग्याए पनि हुन्छ र छाड्ने बित्तिकै आफ्नै स्थितिमा आइपुग्छ । यसको अर्थ मन पनि जति कडा बनाइयो, त्यति नै भा“चिने सम्भावना अधिक रहन्छ । त्यसैले हामीले मन स्वस्थ राख्न वा भा“चिन नदिन उदार हुन जरुरी हुन्छ । ‘म झुक्दै नझुक्ने नेपालीको छोरो’ मानसिक स्वास्थ्यका लागि हानिकारक छ बरु ‘फलेको वृक्षको हा“गो नझुकेको कहा“ छ र’ सही हुन्छ ।
सारांशमा यो संसारमा केही पूर्ण छैन र कोही पूर्ण छैनौं । त्यसैले हामीले आफूलाई जे छ त्यही रुपमा अँगाल्ने बानीको विकास गर्नुपर्छ । तपाईं आफू पूर्ण हुनुहुन्न भने अरुबाट त्यस्तो अपेक्षा किन राख्नुहुन्छ ? यसैगरी नियमित ध्यान गर्नेको अनुहारमा हेर्नुहोस् सदा चमक हुन्छ । यसको अर्थ उनीहरुको मन स्वस्थ छ । हामीले पनि ध्यान गर्ने बानी बसाल्नुपर्छ । यसले गहिरो सोचमा पु¥याउ“छ । आत्मैदेखि सोच्ने बानी बसाल्छ । मन शान्त हुन्छ । डिप्रेशन हुनबाट जोगाउ“छ ।