बाढीको समस्याको स्थायी समाधान: मुख्यमन्त्री

गौर,३ साउन । बिनाशकारी बाढी आएको एक हप्तापछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले रौहतटको निरिक्षण गरेका छन् ।
उनले बिहिबार बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर जिल्ला प्रशासन कार्यालय गौरमा आएका बाढी पिडितलाई राहत रकम समेत वितरण गरेका छन् । मुख्उमन्त्री राउतले बाढीमा परेर मृत्यु भएका गौर नगरपालिकाका २ जना मृतक परिवारलाई नेपाल सरकारबाट आएको १÷१ लाख नगद र राहत सामाग्री हस्तान्तरण गरेका छन् ।
बाढीबाट पिडित भएका परिवारलाई प्रदेश सरकारको राहत वितरण गर्दै मुख्य मन्त्री राउतले हरेक वर्ष बाढीबाट जनधनको क्षति भईरहेको अवस्थामा जनताको जनधनको सुरक्षाका लागी ठोस पहल हुनुपर्ने बताए । उनले पीडितको समस्या समाधान गर्न प्राधिकरण गठन गरेर अगाडी बढनु पर्ने बताए । मुख्यमन्त्री राउतले संचारकर्मीहरु संग संक्षिप्त कुराकानी गर्दै संघिय सरकारबाट पहल गरेर ठोस नीति बनाई स्थायी रुपमा बाढीको समस्यालाई समाधानका लागि प्रदेश सरकार र स्थानिय तह समेतको सहभागीतामा काम हुन जरुरी रहेको बताए । अस्थायी रुपमा काम गर्ने परिपाटीका कारण प्रदेश २ का जनताले सधैं सास्ती खेप्नुपरेको बताउँदै उनले बाढी प्रभावित क्षेत्रहरुको नक्साकंन गरेर अधिकार सम्पन्न विपत व्यवस्थापन सम्बन्धी एउटा प्राधिकरण गठन गर्नु पर्नेमा जोड दिए । मुख्यमन्त्री राउतले वागमती, लाल बकैया, झा“झ, डोरी, चाँदी लगायतका नदीहरुलाई व्यवस्थीत बनाउन र तटबन्धहरुको समुचित व्यवस्थापन गरी समस्या समाधान गर्नु पर्ने बताए ।
हरेक बर्ष वागतमी र लाल बकैया सहित विभिन्न नदीमा आउने बाढी र कटानको समस्याको ठोस समाधानका लागी संघीय सरकार संग पनि छलफल भएको र स्थानिय तहहरुको समेत सहभागितामा बाढी जन्य विपतीहरुको समाधान गर्ने तर्फ प्रदेश सरकार गम्भीर रहेको उनले स्पष्ट पारे ।
बाढीमा मृत्यु भएका परिवारका सदस्यलाई नेपाल सरकारको तर्फ बाट तत्काल एक लाख रुपैया, खाद्यान्न तथा पाल मुख्यमन्त्री राउतले हस्तारन्तरण गरेका थिए । बाढीमा ज्यान गुमाएका परिवारका सदस्यहरुलाई प्रदेश सरकारले तिन लाख राहत दिने घोषणा यस अघि नै गरिसकेको हुदा उक्त रकम केही दिन भित्र पिडित परिवार समक्ष पुगिसक्ने जानकारी समेत उनले दिए ।
बाढीको दोस्रो निमै प्रदेश सरकारले आपतकालीन बैठक बसेर राहत तथा पुर्नस्थापनाको काम अगाडी बढाएको उनले बताए । बाढीबाट प्रभावित जिल्लाहरुमा प्रदेश सरकारले तत्कालका लागी दश लाख रुपैयाका दरले राहतका लागि रकम पठाएको मुख्यमन्त्री राउतले बताए । सोही कार्यक्रममा मुख्यमन्त्री राउतले रौतहटका पा“च हजार बाढी पिडित परिवारका लागि करिव १ करोड ३७ लाखको पा“च हजार राहत प्याकेज वितरण हुने समेत उद्घोष गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles