बहुक्षेत्रीय पोषण कार्यक्रममा अनियमितता

चन्द्रपुर,३ साउन । चन्द्रपुर नगरपालिकाको क्षेत्रीय बहुउद्देस्यीय पोषण कार्यक्रममा अनियमितता भएको आरोप लागेको छ ।
नगरपालिकाले गाउ“का सुत्केरी, गर्भवती महिलालाई बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत युरोपेली संघ र संयुक्त राष्ट्रसंघिय बालकोष (युनिसेफ) को सहयोगमा केअी वडाका केही महिलालाई मात्र कुखुरा, घिउ तथा बीउबिजन वितरण गरेर रकम अनियमितता गरेको आरोप छ ।
नगरपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रम संयोजक सागर साहले केही दिन अघिनै नपाको १० वटै वडामा सुत्केरी, गर्भवती महिलालाई कुखुरा, घिउ तथा बीउबिजन वितरण भएको प्रचारबाजी गरेर रकम निकासा लिएको भएपनि कार्यक्रम केही वडामा मात्र भएको नगरपालिका स्रोतले जनसरोकारलाई बतायो ।
२० लाखको रकम भएको सो कार्यक्रममा अनियमितता भएकाले छानबिन हुनुपर्ने माग स्थानीयको छ ।
बाल र मातृ मृत्युदर घटाउन र विपन्न तथा सीमान्तकृत वर्गका गर्भवती महिला तथा २ वर्षमुनिका बच्चालाई पोषण प्रदान गर्ने उद्देश्यले सञ्चालित सुनौला हजार दिन कार्यक्रमअन्तर्गत नगरपालिले ७, ८, र ९ नम्बर वडाका २ सय ७० जना महिलालाई कुखुरा, घिउ र तरकारीको बीउ वितरण गरेको साहले बताएको भएपनि अन्य वडामा सो कार्यक्रमनै नगरी बिल भर्पाई पेश गरेर रकम निकाशा गरिएको स्रोतको दाबी छ ।
चन्द्रपुर नगरपालिकाको १० वटै वडामा ९० वटाका दरले झन्डै ९ सय कुखुरा वितरण गरिएको संयोजक साहको दाबी कागजी मात्र भएको स्रोतको दाबी छ ।
२०७६ साल साउन ३ गतेको जनसरोकार दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles