महोत्तरी,७ साउन । आफैंले जन्माएको सन्तानको माया हरेक आमाबाबुलाई हुन्छ । अझ बाबा भन्दा आमालाई बढी सन्तानको माया हुन्छ । तर,एउटा यस्तो घट्ना बाहिरिएको छ जसले आमाको मायामा धमिलो छा“या पसेको बुझिन्छ । घट्ना हो आमाकै संरक्षणमा छोरीको पटक—पटक बलात्कार । यो घट्ना प्रदेश २ को महोत्तरी जिल्लाकोे भंगहा नगरपालिकाको हो । भंगाहाकी एक दलित बालिका आमाकै सहयोगमा बलात्कृत हुनुपरेको छ ।
भंगहा नगरपालिका ६ की १२ वर्षकी बालिका उनकै आमाको सहयोगमा बलात्कृत भएकी हुन् । जेठ २७ गते छिमेकका ४० वर्षीय सियाराम महतोले बालिककाको आमाकै सहयोगमा भारतको राजधानी दिल्ली पु¥याएर बालिकालाई बलात्कार गरेको खुलेको छ ।
बालिकाको आमाको सियारामसंग हिमचिम भएका कारण आमाले छोरीलाई सियारामसंगै दिल्ली लिएर गएकी थिइन् । सियारामले दिल्लीको एउटा कोठामा बन्धक बनाइ आफूलाई १५ दिनसम्म यौन शोषण गरेको बालिकाले बताएकी छिन् ।
छिमेककै सियारामले आमाछोरीलाई दिल्ली लगेको थाहा नपाउ“दा आफन्तले खोजी गरेका थिए । बालिकाकी ठूली आमाले दुवै जनालाई सियाराम र उनका बुवा रामाशिष महतोले दिल्ली लगेको भन्दै फिर्ता ल्याइदिन भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएकी थिइन् ।
प्रहरीले कारबाही अगाडि बढाएपछि गएको असार १६ गते सियाराम आमा छोरीलाई लिएर घर आएका थिए । तर बालिकाले प्रहरीमा सियारामविरुद्ध करणीको उजुरी दिएपछि सियाराम र बालिकाकी आमा फेरि फरार भएका छन् । बालिकाले गएको असार २२ गते आफूलाई १७ दिनसम्म बन्धक बनाइ बलात्कार गरेको भन्दै सियारामविरुद्ध मुद्धा दर्ता गरेकी छिन् । यस्तै घटनामा सहयोग गरेको भन्दै सियारामका बुवा रामशिष महतो र स्थानीय रामजत महतोविरुद्ध पनि उजुरी दर्ता गरिएको छ । दिल्लीबाट फर्केकी बालिकाको स्वास्थ्य परीक्षण गरिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । बालिकाको स्वास्थ्य परीक्षण भइसकेको र मुख्य पीडक र बालिकाकी आमा फेरी भारततिर भागेकी उपरीक्षक अधिकारीले बताए ।
उनले भागेकाहरुको खोजी गरिरहेको बताउ“दै गम्भीर प्रकृतिको घटना भएकाले पीडकले कुनै पनि हालतमा उनन्मुक्ति नपाउने उपरिक्षक अधिकारीले बताए । चमार समुदायकी ती बालिकाका बुबा एक वर्षदेखि बेपत्ता छन् । आर्थिक विपन्नताको कारण बुबा होटेलमा मजदुरी गरेर घरपरिवार चलाउ“थे । मानसिक सन्तुलन गुमेपछि बुबा हराएका छन् । तर उनकी आमाले श्रीमानको खोजखबरमा कुनै ध्यान दिइनन् । बरु छिमेककै सियारामसंगको सम्पर्कमा पुगिन् । बालिका एक बहिनी र एक भाइ छन् । भाई १० वर्ष र कान्छी बहिनी ८ वर्षकी छन् । कान्छी बहिनी अहिले आमासंगै गएको बालिकाले बताइन् । कान्छो भाइ र उनी अहिले ठूलीआमाको शरणमा छन् । बुबा बेपत्ता र आमा यो घटनापछि फरार हु“दा उनीहरु भने बिचल्लीमा परेका छन् ।
मानसिक सन्तुलन गुमाएर बेपत्ता भएका श्रीमानको खोजी नगरी परपुरुषसंग लागेर बालिकाको अवस्था यस्तो बनाएको बालिकाकी ठूली आमाले बताईन । उनले अन्याय र बिचल्लीमा परेका बालिकालाई सहयोग गर्न सबैसंग आग्रह गरेकी छिन् ।
चरम यौनशोषणले बालिकाको स्वास्थ्यमा समस्या, उपचारको लागि भौंतारिंदै दिल्लीबाट फर्केपछि बालिकाको स्वास्थ्यमा समस्या देखिएको छ । बालिकाको चरम यौन शोषणले तल्लोपेट दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता स्वास्थ्यमा समस्या देखिएको उनले बताईन ।