नेविसंघद्धारा निःशुल्क स्वास्थ्य शिविर,सांसदद्धयद्धारा वृक्षारोपण

चन्द्रपुर,७ साउन । गढीमाई,६ साउन । नेपाल विद्यार्थी संघको आयोजना र प्रजातान्त्रिक बिचार केन्द्र रौतहटको स्थानीय समन्वयमा रौतहटको बाढीपीडित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको छ ।
महानायक वीपी कोईरालाको ३७ औं स्मृति दिवशको अबसर पारेर जिल्लाको गढीमाई नपा ३ लक्ष्मीपुरमा सोमबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको नेविसंघले जनाएको छ । महामारी फैलन नदिन र बाढीपीडितको स्वास्थ्य अवस्था बुझ्न शिबिर संचालन गरिएको नेविसंघले जानकारी दिएको छ । शिबिरमा सो क्षेत्रका बाढीपीडितको स्वास्थ्य परिक्षण गरिनुका साथै निशुल्क औषधी समेत बितरण गरिएको रौतहट नेविसंघका नेता सुमन गौतमले जनाकारी दिए ।


काठमाण्डौबाट नेविसंघका नेता दिपक भट्टराईको नेतृत्वमा निशुल्क स्वास्थ्य शिविरका लागी दर्जनबढी नेता डाक्टर र औषधी सहित रौतहट आएका हुन् ।
टोलीमा नेविसंघका पुर्व महामन्त्रीद्धय मनोजमणी आचार्य र प्रतिमा गौतम,उज्वल घिमिरे,भोला नेपाल,कल्पना खड्का,पवन नेपाली,अर्चना रेग्मी,लोकेन्द्र भण्डारी,किशोर गुरुङ,अर्जुन पौडेल,सर्मिला पौडेल,भुवन भट्ट लगायतका नेताहरु रहेका छन् ।
निःशुल्क स्वास्थ्य शिबिरमा टिचिङ अस्पताल महाराजगंजका डा.प्रज्वल घिमिरे,डा.सागर पन्त,डा.सागर अधिकारी,डा.मिलन खनाल,डा.नारायण कंडेल र डा.युवराज श्रेष्ठले बाढीपीडितहरुको स्वास्थ्यजाँच गरेको प्रजातान्त्रिक विकाश केन्द्रका अध्यक्ष रबिनचन्द्र कोईरालाले जानकारी दिए ।


शिविरमा ४ सय ६२ जनाको स्वास्थ्य परिक्षण गरिएको आयोजकले जनाएको छ । यता वीपी स्मृति दिवशमा बृक्षारोपण समेत गरिएको छ । चन्द्रनिगाहपुरको कमलामाइस्थान वीपी वन बाटिकामा रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिना, प्रदेश सभा सदस्य धनलाल ठोकर र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले बिभिन्न प्रजातीका बिरुवा रोपेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles