तिलेश्वरनाथ उत्कृष्ट सामुदायिक वन

चन्द्रपुर,८ साउन ।
रौतहट जिल्लामा रहेका ४३ वटा सामुदायिक वन उपभोक्ता समिति मध्य चन्द्रपुर ३ गैंडाटारमा रहेको श्री तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समिति उत्कृष्ट बन्न सफल भएको छ । मंगलबार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले ४३ ओटा सामुदायिक वन उपभोक्ता समूह मध्य उत्कृष्ट बैज्ञानिक वन ब्यवस्थापन, बृक्षारोपण तथा पर्या पर्यटनमा तिलेश्वरनाथ सामुदायिक वन लाई प्रथम स्थान दिंदै सम्मान समेत गरेको छ । त्यस्तै गुजरा नगरपालिका २ को श्री शिवशक्ति सामुदायिक वन उपभोक्ता समिति दोस्रो भएको छ भने चन्द्रपुर १ मा रहेको श्री देउराली सामुदायिक वन उपभोक्ता समिति तेस्रो भएको छ ।
सामुदायिक वनले वन संरक्षण,प्रबर्धन,वृक्षारोपण र काठ दाउराको सहि उपयोग जस्ता कामको आधारमा पुरस्कृत गरेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत रामप्रसाद साहले जानकारी दिए । हरेक साल राम्रो काम गर्ने सामुदायिक वनहरुलाई प्रोत्साहन गर्दै जाने वन कार्यालयको लक्ष रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles