पुनर्निर्माण सरकारको प्राथमिकता/मन्त्रि थापा

गौर,८ साउन । महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रि थममाया थापाले बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माण सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनु भएको छ । उहा“ले बाढी आउने बितिक्कै सरकारले समाज कल्याण परिषदको माध्यमबाट गैर सरकारी संघ संस्था र दातृ निकायहरुलाई समेत प्राथमिकताका साथ् काम गर्न आग्रह गरिसकेको बताउ“दै जनताको पिडामा सरकार नागरिक संगै रहेको बताउनु भएको छ । मंगलवार रौतहटको राजदेवी नगरपालिका वार्ड नम्बर ५ पताहिमा आयोजित राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि थापाले सो कुरा बताउनु भएको हो । अक्सफाम नेपाल , डब्लु एच एच , आसमान र ग्रामिण बिकाश केन्द्र रौतहटको संयुक्त आयोजनामा ८२ बाढी पीडित परिवारलाई राहत बितरण गरिएको थियो । बाढीबाट अति प्रभावित घरधुरीलाई सरसफाई सामग्री ,भा“डा ,त्रिपाल लगायातका सामानहरु वितरण गरिएको आरडिसी नेपालका पारस हुसेनलेृ बतताउनुभयो । राहत वितरण कार्यक्रममा संघीय सांसद सरला यादव , ग्रामिण बिकाश केन्द्र का पारस हुसैन , आलोक कुमार सिंह , प्रधुमन क“डेल लगायतको सहभागिता रहेको थियो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg