चन्द्रपुर,८ साउन । ट्राफिक प्रहरी कार्यालय रौतहटले आर्थिक बर्ष २०७५/७६ मा १ करोड ४६ लाख ३८ हजार राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले बिभिन्न समयमा चेकजाँच गर्ने क्रममा ट्राफिक नियम उल्लंघन गर्ने २२ हजार ७ सय २९ सवारी चालकहरुलाई कारवाही गर्दै सो रकम संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरिक्षक बिजय श्रेष्ठले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले नियम उल्लघंन गर्ने चालकहरुबाट साउनमा १६१६ कारवाहीबाट ९ लाख ९५ हजार ५ सय,भदौमा १९८३ कारवाहीबाट १२ लाख ९ हजार,असोजमा १८७९ कारबाहिबाट ११ लाख १९ जहजार ५ सय,कात्तिकमा १५२० कारवाहीबाट ९ लाख ३७ हजार,मंसिरमा २०९२ कारबाहिबाट १४ लाख ७५ हजार,पुषमा १९५६ कारवाहीबाट १३ लाख ६० हजार ५ सय,माघमा २११८ कारवाहीबाट १३ लाख १२ हजार,फागुनमा २२३८ कारबाहिबाट १४ लाख २० हजार ५ सय,चैतमा २०६३ कारबाहिबाट १३ लाख १ हजार,बैशाखमा २०१४ कारबाहिबाट १४ लाख ७ हजार ५ सय,जेठमा १८६५ कारवाहीबाट १२ लाख ३४ हजार ५ सय र असारमा १३७५ कारबाहिबाट ८ लाख ६६ हजार गरेर कुल २२ हजार ७ सय २९ कारवाहीबाट १ करोड ४६ लाख ३८ हजार रुपैंया राजश्व संकलन गरेको ट्राफिक प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै सो अबधीमा ४९ जना पुरुष,७ जना महिला,४ जना बालक र ४ बालिका गरेर ६४ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् भने ६९ पुरुष,१५ महिला,६ बालक र २० बालिका गरेर ९३ जना गम्भिर घाईते भएका छन् ।
त्यस्तै १ सय ११ जना पुरुष,५० महिला,१३ बालकर २६ बालिका गरेर १ सय ९२ जना सामान्य घाईते भएको श्रेष्ठले जानकारी दिनुभयो ।