चन्द्रपुर । १२ बर्षिय बालकको अपरहरणपछि हत्या गरेको आरोपमा कारागारमा रहेका मुख्य अभियुक्तनै साधारण तारेखमा छुटेपछि पीडित परिवारले ‘न्याय मरेको देश’ भन्दै आपत्ती जनाएका छन् ।
१ करोड फिरौती रकमको लागि १२ बर्षिय छोराको अपहरण गरी निर्ममतापूर्वक हत्या गरेको आरोपमा पक्राउ परेर पुर्पक्षका लागि गौर कारागारमा रहेका मुख्य योजनाकार मानिएका रौतहटको कटहरिया नगरपालिका ९ का वडा अध्यक्ष रामअज्ञा यादवलाई गत विहिवार सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको भन्दै पीडित परिवारले आपत्ती जनाएका हुन् ।
चन्द्रपुरस्थित हिमालयन गेष्ट हाउसमा मृतक बालकका बाबुआमा दिलिप साह र वविता देवी साहले शनिवार पत्रकार सम्मेलन मार्फत निर्ममतापुर्वक हत्या गर्ने हत्यारालाई छाडिएकाले आफुहरुले न्यायको आशा मरेको बताए ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्वर ९ डुमरिया टोलका दिलिप साहको १२ बिर्षिय छोरा शनिदेवल भन्ने युवराज साह घरमा सुतिरहेको अवस्थामा २०७५ जेठ २६ गते राति अपराधिक समुहले अपहरण गरेका थिए ।
आफ्नै घरमा सुतिरहेका बालकलाई अपराधीक समूहले अपहरण गरेर लगेको २४ घण्टा नबित्दै हातखुट्टा भा“चेर निर्मम कुटपिट पछि कन्चटमा गोली हानेर हत्या गरेको थियो ।
घरमा सुतिरहेको बालकलाई अपरहण गरेर फिरौती माग्ने र केही घण्टामै निर्ममतापूर्वक हात खुटा भा“चेर हत्या गर्नमा संलग्न रहेका प्रमुख योजनाकार सहित १७ जनाको विरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा परेपछि तत्कालै प्रहरीले १२ जनालाई पक्राउ गरी अदालतमा मुद्दा दायर गर्दा पुर्पक्षका लागि गौर कारागार चलान गरिएको थियो ।
कारागार चलान भएका मध्य योजनाकार रामबालक राय यादव र कृष्ण अवतार रायलाई गत विहिवार सर्वोच्च अदालतको न्यायाधिशद्धय इश्वर प्रसाद खतिवडा र कुमार रेग्मीको इजलास नम्वर ६ बाट समान्य तारेखमा रिहा गरेकोमा साह दम्पत्तीले पत्रकार सम्मेलनमा गम्भिर आपत्ती प्रकट गरे । ‘प्रत्येक शुक्रवार उक्त मुद्दाको सुनवाई हुने हु“दा सेडुलमा मुद्दा हुन्थ्यो तर, गत साता उक्त मुद्दा सेडुलमा नराखी एक्कासी विहिवार पेशीमा चढाएर आफूहरुलदाई जानकारी नै नदिई सामान्य तारेखमा रिहा गर्ने आदेश अदालतले दिनु अन्याय भएको आमा वविता देवीले आरोप लगाइन । पत्रकार सम्मेलनमा मृतककी आमा बविता देवीले एकल छोराको मृत्युको वियोगको पिडा कस्तो हुन्छ त्यो आफुले भोगिरहेको बताईन । उनले आफनो वेदना र दुख सुनाउने ठा“उ कहि नभएको र छोराको हत्यारालाई कारवाही होलाकी भनेर अदालतको भर परेको भएपनि न्यायालयले न्याय दिन नसकेको बताइईन । घट्नामा फरार रहेका प्रहरी जवान होसनारायण यादव सहित पा“च जनालाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन । भदौ १५ गतेको जनसरोकार दैनिकमा प्रकाशित समाचार ।