रौतहट १५ भदौ । रौतहटको बिश्रामपुर स्थित बलेरी गाउमा गाइ बहर बिक्री गर्ने गरीएको छ । दुध भन्दा बहर बिक्री गर्दा फाइदा हुने किसानको भनाइ छ ।
बुढी भएपछि कतिपय किसानले जंगलमा छाड्ने गरेका छन भने केहीले जती मुल्उ आउछ त्यती मै बिक्री गर्ने गरेका छन । गाइ पालन गर्ने किसानले दुध हैन बहर बिक्री गर्दै आएका छन । बाच्छा जन्मिए बहर बेच्ने र बाच्छी जन्मिए पाल्ने गरेका छन ।
जिल्लाको बिश्रामपुर, रमौली, माधोपुर, समनपुर गाबिस ा बृन्दाबन नगरपालिकाको बलेरी गाउमा तीनहजार भन्दा बढी गाई रहेका छन । समनपुर गाबिसका हरीराय यादव एक्लैले बलेरी गाउमा तीनसय वटा गाइपालेका छन । उहाँले गतबर्ष ५५ वटा बहर (बाच्छा)बिक्री गरेका थिए । यादवले ३० देखि ५० हजार सम्ममा एउटा बहर बिक्री हुने बताउनुभएको छ ।
बृद्धावन जंगल र बागमती नदि किनारमा रहेको सो गाउ नजिकै पानी र चरण क्षेत्रको समस्या नभएकाले बलेरी गाउमा धेरै बर्ष अघि देखि ५० जना भन्दा बढी किसानले व्यवसायीक रुपमा नै गाइपालन गर्दै आएका छन ।
दुइसय ५० वटा गाइ पाल्दै आएका हुलास राय यादवले दुध भन्दा पनि बहर बिक्रीमा फाइदा हुने बताउनुभएको छ । दुध बिक्री गर्नु भन्दा बाच्छा लाइ दुध खुवाएर बलियो बनाउने र बढी मुल्यमा बहर बिक्री गर्ने गरेको उहाँको भनाइ रहेको छ ।
५० बर्ष अघिदेखि बलेरी गाउमा गाइ पालन गर्दै आएका ७३ बर्षिय सत्य नारायण यादवले भन्नुभयो ‘दुध बिक्री भन्दा बहर बिक्री गर्दा आम्दानी बढी हुन्छ ।’ उहाँले भन्नुभयो वहर बाहीर का व्यपारीले लैजान्छन , तर कहा लैजान्छन थाहा नभएको बताउनुभएको छ । गाइ पालन गर्नेहको भनाइमा बहर लाइ जोत्ने र गाडा तान्ने बनाएर बिक्री गर्दा एकहलको एकलाख सम्ममा बिक्री हुने बताउनुभएको छ ।
बलेरी गाउबाट एक बर्षमा दुइसय भन्दा बढी बहर बिक्री हुने गरेको सत्य नारायण यादवको भनाइ छ । पछिल्लो समय स्थानिय जातको भन्दा पनि जर्सी जातको गाइ पालनमा किसानहरुको जोड रहेको छ । चन्द्रपुरका एक किसानले भने बढीमा ८ बेत व्याए पछि गाइले दुध दिदैन ।
त्यो गाइ किन्न व्यापारीहरु आउँने बताउनुभएको छ । बुढी गाइहरु पालेर राख्नु भन्दा जति पैसा आउछ उतीमा बिक्री गर्नु फाइदा हुने उहाँ बताउनुहुन्छ । केहीले भने बन क्षेत्रमा छोड्ने गरेका छन । दुध दिन छाड्े पछि व्यापारी आए बेच्ने र नभए जति पैसा आउछ त्यतिमा बिक्री गर्ने गरेको किसानको भनाइ रहेको छ ।