हराएका दम्पतीको शव गाडिएको अवस्थामा भेटियो

जनकपुरधाम । एक महिना देखी बेपत्ता मोहत्तरी पिराका एक दम्पत्तिको शव गाडिएको अवस्थामा भेटिएको छ । एक महिनाअघि वेपत्ता भएका दम्पत्तिको शव गाडिएको अवस्थामा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले जानकारी दिनुभयो । पिपरा गाउ“पालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटो छेउमा फेला परेको हो । ‘ठूलै खाल्डो खनेर शव पुरेको रहेछ, झा दम्पत्तिको घरभन्दा झण्डै साढे ३ किलोमिटर दूरीमा शव फेला परेको हो ।’डिआईजी सिंहले भने ।
प्रहरीले खाल्डो खनेर निकालिएको शवको दम्पतिको छोरा बुहारीले सनाखत गरेको जनाएको छ । गीतादेवीले लगाएको कपडा, पोते र चुराले उनको पहिचान भएको छ भने मुसाफिरले लगाएको टिसर्टले उनको पहिचान भएको प्रहरीको भनाई छ ।
यसअघि दम्पतिको अपहरण गरेको भन्दै सिआईबीको प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । प्रहरीका अनु्साार पिपरा गाउ“पालिका–५ सहोडवा बस्ने ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरु २६ बर्षीय सुरेन्द्र यादव र २४ बर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुर पक्राउ परेका छन् ।
उनीहरुविरुद्ध चैत ५ गते झाको परिवारले अपहरण गरी शरीर बन्धकसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको थियो । प्रहरीका अनुसार पक्राउ परेकामध्ये रामबाबु यादवको घरको विभिन्न स्थानमा फेला परेको रगतको छिटा मानव रगत नै भएको परीक्षणबाट पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles