गुजरामा नागरिकप्रती उत्तरदायीत्व प्रबर्द्धनका लागि नागरिक सम्बाद कार्यक्रम शुक्रबार सम्पन्न

गुजरा । नागरिक प्रती उत्तरदायीत्व प्रबर्द्धनका लागि नागरिक सम्बाद कार्यक्रम शुक्रबार गुजरामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको आयोजना र गुजरा नगरपालिकाको ब्यवस्थापन तथा सहजीकरणमा १ दिने सार्वजनिक सुनुवाइ,नागरिक सम्बाद कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली काङ्रेसका नगर सभापति कुमार चौलागाईंले समयको ख्याल नगरी काम गर्ने,जनताको गुनासो सुनेर काम कार्बाही गरिनुपर्ने बताउनुभयो। गुजरा नगरपालिकामा पैसाको लेनदेनमा वडाका प्रतिनिधीहरुले उपभोक्ता समिती मार्फत काम हुने गरेको आरोप उहाले लगाउनुभयो । न्यायीक समितिको काम प्रभावकारी नभएको गुनासो गर्दै बिकाश साझा हुने भएकाले बिकासमा राजनीति गर्न नहुने धारणा राख्नु भयो ।

त्यस्तै कार्यक्रममा पलट चौधरीले जनताले जसरी मत दिए त्यसरीनै जनप्रतिनिधिले काम गर्नुपर्ने भएपनी शिक्षा,स्वास्थ्य र रोजगारीमा पछी परेकाले समिक्ष्या गरेर सुधार गर्न आग्रह गर्नुभयो ।
राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दन्डीत गर्न सक्नुपर्ने उहाले बताउनुभयो ।
आन्तरिक श्रोतका रुपमा रहेको बकैया खोलाको टेन्डर समयमा हुन नसक्दा करोडौं रजस्व डुबेको उहाले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा स्थानिय युवराज ज्ञवालिले आफ्नो भोट जहाँ धेरै छ त्यहीमात्र योजना पार्ने काम जनप्रतिनिधिले गर्ने गरेको गुनासो गर्नुभयो । उहाले नगरपालिकाको सिमा कहाँ देखि कहाँ सम्म हो छुट्याउन जरुरी रहेको बताउनुभयो ।
गुनासो राख्ने क्रममा स्थानिय श्याम प्रसाद काफ्लेले वडा नम्बर २ मा प्रहरी चौकी स्थापना,स्वास्थ्य चौकिमा एम्बुलेन्सका लागि पहल गरि नगरपालिका मा नै बसेको अनुभुती दिलाउन आग्रह गर्नुभयो ।
स्थानीय सुनिल पौडेलले समयमा बजेट बिनियोजन हुनुपर्ने धारणा राख्नु भयो । उहाँले सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिकलाई समस्या भएकाले घर घरमै भत्ता उपलब्ध गराउन नगरपालिकाले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा स्थानिय तहमा कर्मचारी कार्यालय समयमा नबस्दा सेवालिन हरेक दिन धाउनुपर्ने बाध्यात्मक अवस्था रहेको गुनासो अधिकान्स सहभागिले राख्नुभएको थियो ।
कार्यक्रममा शिक्षा सम्भन्धी उठेका गुनासोको शिक्षा समयोजक सिबमङल साहले गुनासोको सम्बोधन गर्न समिती लागीपरेको बताउनुभयो ।
२ नम्बर वडाका अध्यक्ष अशोक चौधरीले सिमा बिबाद्को बिषयमा गुजरा र चन्द्रपुर को सिमामा बसेका बासिन्दाले चन्द्रपुर नजिक हुने भएकाले उतै बाट सेवा सुबिधा लिने भनेकाले सिमा बिबाद नरहेको
जवाफ दिनुभयो । उहाले स्वास्थ चौकिको समस्या चाडै समाधान हुने समेत बताउनुभयो ।
स्वास्थ्य सम्योजक जय श्री बैठाले औषधि खरिद गर्ने प्रकृया अघि बढिसकेको र बर्थिङ सेन्टरको समस्या १ हप्ता भित्र हल हुने बताउनुभयो ।

कार्यक्रममा उठेका गुनासोको जवाफ दिदै नगरपालिकाका प्रबक्ता आरिफ अन्सारीले बिकास निर्माणका कार्य गर्दा स्थानिय उपभोक्ताकै अगुवाई र समितीबाट हुने भएकाले इमानदारी पुर्बक काम भएको दाबी गरे ।
नगरपालिका नगरको बिकासका लागि लागीपरेकाले समयमै काम सम्पन्न गर्न र गलत काम भएमा समयमै जानकारी गराउन अनुरोध गर्नुभयो ।
प्रसासकिय अधिकृत बिनोद कुमार जयसवालले कार्यक्रममा उठेका प्रश्न,गुनासोको जवाफ दिदै टेण्डरका बिसयमा ठेक्का पाएको क्यान्युन कन्स्ट्रक्सनले सम्झौतानै नगरी नगरपालिकालाई तिर्नु पर्ने रकम समेत नतिरेका कारण धरौटी रकम जफत गरेर अर्को नया प्रकृयामा अघि बढेको जानकारी दिनुभयो ।
परिशध गरेको ६ महिना बितिसक्दा पनि वडाबाट योजना,सिलिङ नआउने परिपाटी रहेकाले समयमै योजना पेस गर्न वडा प्रमुखहरुलाई आग्रह गर्नुभयो ।
कार्यालय सम्हालेको १ महिनामा ९४ योजना करिब ७ करोड को सम्झौता गरेको उहाले जानकारी गराउनुभयो ।औषधीको अभावको गुनासोमा उहाले पुग्ने औषधी हरेक स्वास्थ्य चौकीमा रहेको जानकारी गराउनुभयो ।
नगरपालिकामा समयमा कार्यपालिका बैठक नबस्ने परिपाटी हाबी भएकाले त्यस्को अन्त्री गरेर कर्मचारीलाई काम गर्ने बाताबरण मिलाइदिन जनप्रतिनिधीलाई आग्रह गर्नुभयो । गुजरा २ मा प्रहरी चौकीको स्थापना गर्ने काम अन्तिम प्रक्रियामा रहेको र बैशाखमा बर्थिङ सेन्टर संचालन हुने र एम्बुलेन्स खरिद भएर आइसकेको उहाले बताउनु भयो । समयमा बजेट नआउँदा कतिपय योजना अलपत्र पर्ने भएकाले नगरसभा समयमै सम्पन्न गराउन पहल गर्ने बताउनुभयो । हरेक साल ८ जना भेटेनरी र ५ जना कृशी गरेर १३ जना दलित छात्र,छात्रालाई छात्रवृत्ति दिइरहेको उहाले जानकारी गराउनुभयो ।
कार्यक्रम समापनका क्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबले जनताका गुनासो सुन्न र गुनासोको सम्बोधन गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
संविधानले संघ,प्रदेश र स्थानिय गरेर ७६१ सरकारको ब्यवस्था गरेको छ र अधिकार पनि दिएको छ । सबै भन्दा बढी २२ वटा एकलौटी अधिकार स्थानिय तहले पाएको हुदा अधिकार को गलत प्रयोग भएको भए खबर्दारी गर्दै जवाफदेहि हुन कार्यक्रमले सहयोग पुर्याउने उहाँले बताउनु भयो असारे बिकास रोक्न र खबर्दारी गर्नुपर्ने उहाले बताउनुभयो । स्थानिय तहमा धेरै काम हुने भएकाले गुनासो पनि धेरै आउने हुँदा सम्बोधन गर्ने प्रयास बिस्तारै हुनेमा बिश्वस्त हुन आग्रह गर्नुभयो ।
उहाँले विकाशको राजनीती गर्नुपर्ने,समुन्नत समाज निर्माणमा हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो ।कार्यक्रममा रौतहटका सहायक प्रमुख जिल्ला अधिकारीले वसन्त भट्टराईले जिल्लाका कार्यालय हरुको सेवा प्रवाह चुस्त,दुरुस्त राख्नका लागि जिल्ला प्रशासन लागि रहेको बताउनु भयो । उहाले सेवाग्राहीको काम कुनै बहानामा रोक्न नमिल्ने बताउँछदै सरकारी कार्यालयमा कामकारबाहीमा ढिलासुस्ती भए जिल्ला प्रशासनमा खबर गर्न आग्रह समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles