चन्द्रपुरमा ४ मेगावाटको सौर्य विद्युत आयोजना संचालनमा

चन्द्रनिगाहपुर–रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर–५ मा निर्माण कार्य सम्पन्न भएको सौर्य विद्युत आयोजनाबाट ४ मेगावाट विद्युत उत्पादन गरी संचालनमा ल्याएको ।
रौतहटमा संचालनमा आएको सौर्य विद्युत आयोजनाबाट पटक पटक लाईन सप्लाई अवरुद्ध हुने समस्याबाट मुक्ति पाउने विश्वास आयोजनाले लिएको छ ।
अपि पावर कम्पनी लेमिटेडले संचालनमा ल्याएको आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण,जडान तथा संचालनको काम कुशल प्रोजेक्टस नेपाल कम्पनीले गरेको छ । अपि पावर कम्पनी लिमिटेडले चन्द्रपुर नगरपालिका वडा नम्वर ५ स्थित १२ बिगहा जग्गा भएको क्षेत्रफलमा ४ सय वाटका ११ हजार १ सय १२ वटा सौर्य प्यानल जडान गरी ४ मेगावाट विद्युत उत्पादन गर्नेे आयोजना निर्माण गरेको हो ।
आयोजनाले वार्षिक ६९.२५ घन्टा विद्युत उत्पादन गर्नेछ । मासिक ५ लाख युनिटसम्म विद्युत उत्पादन हुने कुशल प्रोजेक्ट नेपाल प्रालिका प्रबन्ध निर्देशक सन्दिप अग्रवालले बताए ।
नया“ सौर्य प्लान्टले नविकरणीय उर्जा उत्पादनमा कोशेढुंगा साबित हुने उद्देश्यबाट संघिय सरकारले मुलुको २ सय ५० पालिकाहरुमा ३ सय ७५ मेगावाट सौर्य उर्जा उत्पादन गर्ने लक्ष्यका साथ योजनाहरुमा योगदान दिदै आएको छ, प्राधिकरण चन्द्रपुरको प्रमुख राजेश झाले सौर्य उर्जाले बिद्युत आपूर्तिमा देखीएको समस्याहरु हल गर्दै जानेछ पटक पटक विद्युत आपुर्ती ठप्प हुने समस्याबाट उपभोक्ताहरु मुक्ति पाउने उनले विश्वास व्यक्त गरे । कोभिड १९ महामारीको दोस्रो लहरको कारण जारी रहेको निषेधाज्ञा पनि तोकिएको ४ महिना भित्र आयोजना तयार भएको बताए ।
निर्माण कार्य सम्पन्न भएपछि गत साता नै आयोजनाबाट उत्पादित विद्युत ३३ केभी प्रसारण लाइन मार्फत ३ किलोमिटर दुरीमा रहेको चन्द्रपुर सबस्टेसनमा जडान गरिसकिएको छ ।
नेपालमा निजी क्षेत्रमा संचालन आएको सौर्य विद्युतलाई ग्रिड स“ग जोडिएको यो तेस्रो सौर्य विद्युत आयोजना हो । यस अघि लुम्बनी प्रदेशको बुटवल र प्रदेश २ को धनुषामा रहेका आयोजनाहरु ग्रिडमा जोडिएका थिए ।
आयोजनाले उत्पादन गरेको विद्युत आगामी २५ वर्ष सम्म प्रतियुनिट ७.३० रुपैयामा नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles