भारतीय कुखुरा बोकेको गाडी नियन्त्रणमा ,मुस्कान पोल्ट्रि फर्म राजपुरका संचालक रामप्रवेश साह माथी तस्करीको आरोप

रौतहट । नेपाल-भारत सिमा हुँदै अबैध रुपमा चोर बाटो भएर नेपाल भित्रयाइएका ब्रोइलर कुखुरा लोड भएका गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय ब्रोइलर कुखुराका अबैध कारोबारबाट नेपाली व्यवसायी मर्कामा पर्दै गएपछि रौतहट कुखुरा व्यवसायी संघको विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गंगापिपराको टोलिले दुर्गा भगवती गाउँपालिका–३ गौर गंगापिपरा सडक खण्डबाट नियन्त्रणमा लिएको हो । 

सोमवार विहान ६.४० बजेको समयमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेका ना.५ च. ३५६५ नम्वरको कुखुरा बोक्ने बोलेरो गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ  ।

 ३५० पिस (७५० केजी) बोइलर कुखुरा  राजपुर नगरपालिका–५  स्थित मुस्कान पोल्ट्रि फर्म निस्केर गरुडा नगरपालिका–९ तर्फ लैजादै गरिएको अवस्थामा मत्सरी क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

गाडी चालक गरुडा नगरपालिका–९ का २६ वर्षीय अनवारुल हक सहित बोइलर कुरालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको इप्रका गंगापिपराले जानकारी दिएको छ । 

मुस्कान पोल्ट्रि फर्म राजपुरका संचालक रामप्रवेश साह कुख्यात बोइलर कुखुरा तस्कर रहेको बुझिएको छ । उनले सीमापारी भारतबाट चोर नाका भएर सुरक्षाकर्मीको मिलोमतोमा राजपुर सम्म ल्याएर आफनै फर्मको बिलमा यस्ता गोरख धन्धा संचालन गरिरहेको समाचार श्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles