पेस्तोल सहित ४ जना पक्राउ

गौर–कटुवा पेस्तौल सहित ४ जना रौतहटबाट पक्राउ परेका छन् ।
बुधबार जिल्लाको दुर्गाभगवति गाउ“पालिका वडा नं. २ भलुहीया बस्ने वर्ष २४ संजय साह सोनारले आफनै घरमा हातहतियार लुकाई छिपाई राखेको छ भने सूचनाका आधारमा रौतहट प्रहरीले घर खानतलासी गर्दा निजको बन्दै गरेको घरको दोस्रो तल्लामा थुपारी राखेको बालुवा भित्र बोरामा राखि लुकाई छिपाई राखेको १२ बोरको कटुवा पेस्तोल १ ,गोली २ थान बरामद गरी निज संजय साह सोनार र कटुवा पेस्तौल लुकाई छिपाई राख्ने कार्यमा संलग्न सोहि स्थान बस्ने वर्ष २८ संजिव कुमार महतो,वडा नं.१ वस्ने वर्ष १९ को राजेश कुमार चौधरी र गढीमाई नगरपालिका वडा नं.६ धरमपुर वस्ने वर्ष २४ को दिनेश महरा समेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख बिनोद घिमिरेले जानकारी दिएका छन् । पक्राउ पर्ने माथि थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles