सवारी दुर्घटनामा पूर्व स्ववियु सह–सचिव चौधरीको मृत्यु

चन्द्रनिगाहपुर–रौहतटको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चादें पुल नजिक भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
घर जाने क्रममा चादेंपुल नजिकै भारतीय नम्बरको ट्रकले ठ्क्करदिदा एक युवकको घटना स्थलमै मृत्यु भएको हो ।
गएराति करिब ९ बजे चन्द्रनिगाहपुरबाट जुडिवेला घर जानेक्रममा ट्रकले मोटरसाइकल लाई ठक्कर दिदा सोनालाल चौधरीको मृत्यु भएको थियो ।
युपि ३५ एटी ४२७३ नम्बरको भारतीय नम्बर ट्रकले ना ३५ प १८९३ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
मृतक चौधरी जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरका पूर्व स्ववियु सहसचिव हुन् ।
ट्रक सहित चालक नियन्त्रणमा आईसकेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles