चंद्रपुर / रौतहटको वन कुनै समय तस्करको कब्जामा रहेपनि हाल आएर दलका नेता,कार्यकर्ताको कब्वामा आउन थालेको छ । जिल्लाको रंगपुर साझेदारी वन अन्तर्गतको बनबहुअरीमा ४ किलो चामल र वाईफाई जडान गरिदिएवापत वनको विगौं जमिन ठेकेदारको कब्जामा पुगेको छ ।
चन्द्रपुर ७ बनबहुअरीमा वनको जग्गा मिचेर बृद्धाश्रम बनाउने ठेकेदार देवराज नाम भएको व्यक्तिले वन कार्यालय र वडा कार्यालयलाई प्रलोभनमा पारेर प्रदेश सरकारको करिब ४ करोडको रकममा बृद्धाश्रम बनाईरहेको भएपनि वडा कार्यालय मौन बसेको छ ।
व्यक्तिगत फाईदाका लागी बनाइएको बृद्धाश्रमले कसैलाई फाईदा नपुग्ने वडाबासीको भनाई छ । अस्पताल बनाउनुपर्ने स्थानमा राजनीतिक पहुंचको दम्भ देखाउंदै रौतहट क्षेत्र नम्बर ४ का सांसद देव प्रसाद तिमल्सिनाको नाममा वन वेचेर आफ्नो स्वार्थ पुरा गर्ने अनि वनको जमिन अतिक्रमण गरेर भवन वनाउने देखी लिएर वनै आफ्नै बिर्ता सम्झेर सांसद समेतलाई बदनाम गर्दै आर्थिक लाभ लिने कार्य भईरहेको स्थानीय कांग्रेस कार्यकर्ताको आरोप छ । व्यक्तिगत फाइदाको लागि सांसद सम्मको नाम बद्नाम गराएको भन्दै कांग्रेसी कार्यकर्ता रुस्ट बनेका छन्।
चामल र वाईफाईको विषयमा जनसरोकारले बुझ्न खोज्दा कसैले बोल्न चाहेनन् ।


