चन्द्रनिगाहपुर–नाडा अटोमोबाइल्स एशोसियशनको आगामी अध्यक्षका लागि सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।
नाडा अटोमोबाइल्स एशोसियशनको आगामी अध्यक्षका लागि उम्मेद्वारी दिएका करण चौधरीलाई देशकै सोनालिकाका ड्रिष्टीब्युटर तथा रौतहटका युवा व्यवसायी रवि जयसवालले उहालाई साथ दिएका छन् ।
करण चौधरीले यस संस्थामा आवद्ध सम्पुर्ण ब्यवासीयहरुको समस्यालाई सहजिकरण गर्ने एजेण्डा बोकेको हुनाले आफुले उहालाई साथ दिएको ड्रिष्टीब्युटर जयसवालले जानकारी दिएका छन् ।
नाडा ७ वटै प्रदेशमा विस्तार भइसकेको अवस्थामा सवै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागतरुपमा दरिलो बनाई अगाडि बढाउने उद्देश्यका साथ उम्मेद्वारी दिएको करण चौधरीको भनाई रहेको छ ।
अटोमोवाइल व्यवसाय भनेको सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूला रोजगार प्रदान गर्ने व्यवसाय भएको हुनाले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउन सरकारको नितिगतरुपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने कुरामा काम गर्ने समेत उहाको उद्देश्य रहेको छ ।
उहा“ले कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोवाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थानस“गै यस क्षेत्रमा नया आकर्षण, नया उत्साह ल्याउन जरुरी रहेको बताएका छन् ।
नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा)को आगामी मंसिर २२ र २३ गते हुने ४५ औं वार्षिक साधारण सभा हुदैछ ।
हाल नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल रहेका छन् ।


