चन्द्रनिगाहपुर–नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपि ओलिको स्वेच्छाचारी कदमका कारण बिद्रोह गर्नु परेको बताएका छ्न ।रौतहटको चन्द्रनिगाहपुरमा सोमबार आयोजित नगर स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले आफुलाई राजनेता बताउने ओलिको घमण्डले कम्युनिस्ट एकता भंग भएको आरोप लगाए ।
उखान टुक्का र झुट्को खेति गर्न माहिर ओलिले जनतालाई भ्रममा पारेर आफु शक्तिशाली बन्ने दिवा सपना देखेको उनको आरोप छ ।
आफ्नो प्रधानमन्त्रीको कुर्सि जोगाउन २ पटक सम्मानित सम्सद विघटन गर्ने ओलिले सत्ता र शक्तिकालागि जे पनि गर्न सक्ने भन्दै मन्त्री खतिवडाले ओलिलाई “केपि बा आई लभ यु“ भन्ने कार्यकर्ता र स्वयम ओलिनै कम्युनिस्ट नभएको बताए । मन मिल्दा माओबादिलाई ४० दिने ओलिले आफु कमजोर हुन थालेपछि गुट्बन्दि गर्दै पार्टीनै तहसनहस पार्ने काम गरेको आरोप छ ।


