गौर । राष्ट्रपति विद्यादेवी भण्डारीले देश बिकाशको बाटोमा अग्रसर बनाउन गुणस्तरीय शिक्षा,स्वास्थ,कृषि र पर्यटनलाई बिशेष जोड दिनुपर्ने बताउनु भएको छ । रौतहटको माधवनारायण नगरपालिका ३ जयनगरमा निर्मित अस्पतालको शुभारम्भ गर्न रौतहट आउनुभएकी रास्ट्रपति भन्डारीले सो कुरा सो कुरा बताउनु भएको हो । उहाँले मधेश सरकारले सुरु गरेको बेटि पढाउ,बेटि बचाउ अभियानको प्रसंशा गर्दै यो अभियानलाई प्रभाबकारी बनाउदै सामुदायीक बिद्यालयको ब्यवस्थापन गर्न तर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । चुरे संरक्षण गर्न सकेमात्र नेपालको प्राकृतिक सन्तुलन जोगाउन सकिने र अन्नको भण्डार मधेस प्रदेश अघी बढे देश अघी बड्ने बताउनुभयो । स्व. गजेन्द्र नारायाण सिंहको ९७ जन्म जयन्ती को अवसरमा गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठान द्धारा निर्मीत ३ सय सैय्याको गजेन्द्रनाराय स्मृति अस्पतालको शुभारम्भ गर्नुका साथै रास्ट्रपति भन्डारीले गजेन्द्रनारायणको शालिक समेत अनावरण गर्नु भएको थियो ।


