अब पुरानो ढंगले नभई नयाँ ढंगले व्यवसाय गर्नुपर्छ:मेयर काफ्ले

चन्द्रपुर । चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय काफ्लेले अब पुरानो ढंगले नभई नयाँ ढंगले व्यवसाय गर्नुपर्ने बताएका छन् । सोमबार होटल तथा पर्यटन व्यसायी संघ रौतहटको प्रथम जिल्ला अबिधेशनमा उनले व्यवसायलाई परिस्कृत र परिमार्जन गर्न जरुरी रहेको बताएका हुन । प्रमुख अतिथि समेत रहेका मेयर काफ्लेले पर्यटन र होटल व्यवसाय एक आपसमा परिपुरक रहेको बताउँदै पछिल्लो समय थलिएको व्यवसाय र बैंकको चर्काे व्याजदरका कारण व्यापारीहरु आजित बनेको र पलायन हुनुपर्ने अवस्था सिर्जना हुन लागेकोमा चिन्ता व्यक्त गर्दै कार्यपालिका बैठकमा नगरपालिकाले यो समस्याको समाधानका लागी गर्न सक्ने पहलका बारेमा छलफल गरेर केही निर्णय लिने आश्वासन समेत दिएका छन् ।
कार्यक्रममा मेयर काफ्लेले पछिल्लो समय चन्द्रपुरको पर्यटकियस्थल भु—माफियाको कब्जामा पर्दै जान लागेकाले यसको बिरुद्द सिंगो नगरबासीले खबरदारी गर्न जरुरी रहेको बताउँदै समृद्ध नगर बनाउन सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्ने धारणा राखेका छन् ।
त्यस्तै ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख उप—सचिव झपेन्द्र चापागाँईले पर्यटन व्यवसायमा सम्भाव्यता हेरेर लगानी गर्नुपर्ने बताए । कार्यक्रममा अधिकांश बक्ताले कानुनको दायरामा रहेर व्यवसाय गर्नुपर्ने धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles