दोलखामा काङ्ग्रेस उम्मेदवार शिवाकोटीको पक्षमा बढ्दै जनलहर, एमाले र नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेको लहर

दोलखा । दोलखाको विगु गाउँपालिकामा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको ठुलो लहर चलेको छ। विगु गाउँपालिका–७, मायासिंहमा आयोजित एक विशेष कार्यक्रमका बीच एमाले नेता अक्कलबहादुर मगरको नेतृत्वमा उल्लेख्य सङ्ख्यामा नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई दोलखा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटी र समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पाले खादा र माला लगाएर पार्टीमा स्वागत गरे। पार्टी प्रवेश गर्नेहरूमा लम्छुती शेर्पा, रा बहादुर थामी, विल माया थामी, उर्मिला थामी, हर्की थामी, धनमाया थामी, कविता थामी, शर्मिला थामी, सुखीमाया थामी, सर्कीनी थामी र प्रमिला थामी रहेका छन् ।

त्यसैगरी साङा शेर्पा, साङ्वो शेर्पा, प्रेम प्रसाद थामी, सुखजीत थामी, रविन थामी र आङकर्साङ शेर्पाले पनि एमाले परित्याग गरी कांग्रेसको सदस्यता लिएका छन् । यसअघि बुधबार मात्रै विगुका एमाले उपाध्यक्ष शेषनारायण श्रेष्ठसहितको ठुलो टोली कांग्रेसमा समाहित भएको थियो।

किन चल्दैछ कांग्रेस प्रवेशको लहर ?
पछिल्लो समय विगुका विभिन्न वडाहरूमा कांग्रेस प्रवेश गर्नेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ। अजयबाबु शिवाकोटी जस्तो स्वच्छ छवि, भ्रष्टाचार विरोधी र प्रखर युवा उम्मेदवार चुनावी मैदानमा आएपछि एमाले र नेकपाका कार्यकर्ताहरूमा उत्साह थपिएको स्थानीयको विश्लेषण छ।

नवप्रवेशीहरूले कांग्रेसको विकासप्रतिको स्पष्ट दृष्टिकोण र लोकतन्त्र रक्षाका लागि शिवाकोटी जस्तो जुझारु नेतृत्वको आवश्यकता महसुस गर्दै आफूहरूले वर्षौँदेखिको पार्टी साइनो तोडेर कांग्रेस रोजेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles