रौतहट: एसईई परिक्षाको मर्यादा भंग गर्ने ३ जना प्रहरी नियन्त्रणमा

गरुडा ।जारी माध्यमिक शिक्षा परिषद (एसईई) परिक्षामा अमर्यादित काम गर्ने ३ जना पक्राउ परेका छ्न ।  गरुडा नगरपालिका- ४ गरुडा बजारबाट परीक्षाका विभिन्न विद्यालयमा परीक्षा दिईरहेका विभिन्न विद्यार्थीहरुलाई  व्हाटसएप ग्रुपमा जोडी परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर ल्याएर   त्यसको उत्तर बिद्युतीय अनलाईन माध्यम (मोबाईल फोन) बाट पठाई परीक्षाको मर्यादा विपरित कार्यमा संलग्न रहेका उनिहरुलाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरुमा गरुडा -७ बस्ने बर्ष १८ का चन्दन पटेल, वृन्दावन नगरपालिका -७ बस्ने बर्ष २० का रोहित कुमार पटेल र सर्लाही जिल्लाको बलरा नगरपालिका- ८ बस्ने बर्ष १८ का धिरज साह रहेको प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी 

जीवन कुमार मैनालीले जानकारी दिए । उनिहरुलाई इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसान्धान कार्य भईरहेको मैनालीले जानकारी दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles