गौर । रौतहटको दुर्गाभगवती गाउपालिका -१ पिपराटोलमा पोखरीमा नुहाउने क्रममा एक नावालकको मृत्यु भएको छ । स्थानीय गौरीशंखर साह कलवारको ५ बर्षिय छोरा कृष साह कलवार घरबाट करिब १ किलोमिटर टाढा रहेको बह्रमस्थानको पोखरीमा नुहाउने क्रममा डुबेर बेपता भएपछी खोजतालास गर्ने क्रममा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
डुबेर बेपत्ता भएका साहलाई ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको टोलिले खोजतलास गरेर उपचारको लागी स्थानिय बागमती सेन्ट्रल अस्पताल,गंगापिपरामा पठाईएकोमा डाक्टरले चेकजाँच गर्दा आइतबार साझ ७ बजे मृत घोषणा गरेको र शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल,गौर पठाईएको प्रहरी प्रवक्ता,प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिए ।


